
इलाम किबी फल एस्पो २०७६ धरानमा गरिने भएको छ । आगमी पौष ३ र ४ गते धरानमा किवी फल एस्पो २०७६ संचालन गरिने भएको हो । ईलाम सन्दकपुर गाउँपालिका,उद्योग वाणिज्य संघ सुनसरी र धरान उपमहानगरपालिका बिच सहकार्यमा किबीको जानकारी दिने लक्ष्यका साथ कार्यक्रमको आयोजन ागर्न लागिएको आयोजकले जनाएको छ । सोमबार धरान स्थित सुनसरी उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । इलाम उद्योग वाणिज्य संघका सचिव एवं किवी फल कृषक श्रीबहादुर विष्टले धरान स्थित छाताचोकमा यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
इलाममा उत्पादित विभिन्न प्रकारका किवीफलबाट बनाइएका विभिन्न परिकार जुन, जाम, अचार किवी, क्वान्डी जस्ता स्वाद दिलाउदै कायक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विविध सांस्कृतिक मनोरञ्जन कार्यक्रम समेत हुने सचिव बिष्टले जानकारी दिए । इलाम उद्योग वाणिज्य संघको आयोजना र इलाम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (किवी जोन), सन्दकपुर गाउँपालिका, उद्योग वाणिज्य संघ सुनसरीको सह आयोजनामा किबी प्रर्दशन कार्यक्रम संचालन गर्न लागिएको हो ।
किवी फलको बजारीकरणी र प्रचार प्रसार साथै किवी फलको विविध परिकासम्बन्धी प्रवद्र्धनका लागि कार्यक्रम हुन लागेको हो । एक्स्पोमा किवी फल खेती सम्बन्धी धरानका कृषकसँग अन्तक्र्रिया, किवी खेतीबारे जानकारी, धरानका फलफूल व्यवसायी तथा कृषि थोक बजारमा व्यापारीहरूसँग छलफल तथा सम्झौता, इलामका चिया तथा दुग्धजन्य सामग्रीको प्रदर्शनी तथा बिक्री गर्नका लागि ७ वटा स्टल राखिने सचिव विष्टले बताए ।
एस्पोमा करिब ३ लाख २५ हजार अनुमानित बजेट रहेको र कृषकलाई खान बस्नको समेत व्यवस्था गरिएको इलाम उद्योग वाणिज्य संघ सदस्य लिला बस्नेतले जानकारी दिईन् । इलाममा ‘किवी जोन’ सञ्चालनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत इलाममा ‘किवी जोन’ सञ्चालन भएको बताईएको छ । जोनले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गरेको छ । नेपालको पूर्वी क्ष्ोत्रमा मात्रै ५ लाख किलो किवी उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । केही वर्ष अघि मात्र शु? भएको किवी खेती इलामको ३५ स्थानमा विस्तार भइसकेको छ । किवी खेतीमा ४ सय किसान संलग्न भइसकेका छन ।