अर्थ खबरसमाचारहेडलार्इन

५० हजार रुपैयाँ घुससहित प्रहरी नायव निरिक्षक र प्रहरी जवान पक्राउ

सर्लाही

सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकाबाट सेवा सेवाग्राहीसँग घुस लिँदै गर्दा दुई जना प्रहरी पक्राउ परेका छन । भारतीय बजारबाट समान ओसारपसार गर्न सहज बनाइ दिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरी चौकी ब्रह्म्पुरीमा कार्यरत उनीहरूले भारतीय बजारबाट नेपालतर्फ सामान ल्याउँदै गरेका व्यापारीसँग घुस रकम लिँदै गरेको सूचना पाएपछि रकमसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौ पठाइएको छ । अख्तियारले उनीहरूलाई पक्राउ गरेपछि केहीबेर अख्तियारको टोली र स्थानीयबीच भनाभन समेत भएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button