
मोरङ,
प्रदेश सरकारले ९ पर्यटन सद्भावना दूत घोषण गरेको छ । प्रदेश नं. १ सरकारले नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि कीर्तिमानी आरोही, खेलाडी तथा कलाकार सहित ९ जनालाई पर्यटन सद्भावनादूत नियुक्त गरेको हो ।
नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत एक नम्बर प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिले शुक्रबार काठमाडौँमा एक कार्यक्रम बीच सर्वोच्च सगरमाथाको २४ पटक आरोहण गरी विश्वकीर्तिमान कायम गरेका आरोही कामिरीता शेर्पा, अल्ट्रा धाविका मीरा राई सहित ९ जनालाई पर्यटन सद्भावना दूत नियुक्त छ ।
त्यस्तै आरोही मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्दावा शेर्पा तथा कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्भावना दूत नियुक्त भएका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन सद्भावनादूतको प्रमाण–पत्र प्रदान गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं.१ लाई आधार बनाएर पर्यटकीय प्याकेजका कार्यक्रम ल्याउन सरोकारवालालाई आग्रह गरेका थिए । उनले प्रदेश १ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेश स्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य अघि सारिएकोे जानकारी दिएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश नं. १ सरकारले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश नं. १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले जानकारी दिए । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे । उनले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।