Uncategorizedसमाचारहेडलार्इन

शुनसान बन्दै धनकुटा

धनकुटा,

१६ जिल्लाका सदरमुकामको नामले चिनिएको धनकुटा आजभोली शुनसान बन्दै गएको छ । देशमा संघीयता आउनु अघि चहलपहल युक्त धनकुटा संघीयता आएपछि ७ वटा स्थानीय तह भएसंगै व्यापार व्यवाय र उद्योग धन्दा बन्दा हुदै गएकाले धनकुटा दिनप्रतिदिन सुस्ताउदै गएकाो हो । प्रदेश नम्बर १ को राजधानी उपयुक्त रहेको धनकुटामा अहिले राज्यको ध्यान नगएकाले भूतबङ्ला र गौचरण बन्दै गएको स्थानीयहरु बताउँछन् । धनकुटामाथि राज्य,सरकार र नेताहरूको गिद्धे नजर परेका कारण हिजोको चहलपहल हुर्ने धनकुटा आजे भूतबङ्ला र गौचरणमा परिवर्तन हुँदै गएको स्थानीयहरुको भनाई छ ।

धनकुटामा व्यापार व्यवसाय चल्न छाडेपछि २७ वटा पसलहरू बन्द भैसकेका छन् । त्यस्तै जिल्लामा रहेका ७ वटा घरेलु तथा साना उद्योग पनि बन्द भईसकेको उद्योगीहरु बताउँछन् । चहलपहल हुनछाडेपछि अन्य धेरै पसल तथा साना उद्योगहरू बन्द हुने स्थितिमा पुगेको व्यवसायी र उद्योगीहरु दुखेसो पोख्छन् । धनकुटालाई जीवन्तता दिनका लागि धनकुटाबासीहरूको पहलमा पूर्वी पहाडी जिल्लाहरूको लागि यातायतको कार्यालय स्थापना भएता पनि अधिकार विहीन भएकाले सो कार्यालयले खासै धनकुटामा चहलपहल ल्यानउन नसकेको स्थानीयहरु बताउँछन् । जिल्लामा रहेका यातायात कार्यालयमा लाइसेन्स नवीकरण बाहेक अन्य अधिकार नदिदा यातायात कार्यालय धनकुटा रहेतापनि प्रभाव नपरेको स्थानीयको बुझाई छ ।

मुख्य मन्त्रीको सम्र्पक कार्यालय धनकुटामा स्थापना भएको ६ महिना बित्दा मुख्य मन्त्री जम्मा १ पटक धनकुटाको सम्पर्क कार्यालय पुगेको स्थानीययहरु बताउँछन् । मेडिकल कलेज धनकुटामा स्थापना गर्ने भनी प्रदेश सरकारले थोरै बजेट विनियोजन गरी धनकुटेलीको आँखामा छारो हाल्ने काम मात्र गरेको स्थानीयको बुझाई छ । मेडिकल कलेजको लागि धनकुटामा जग्गा सिफारिस गर्ने बाहेक अरू केही काम हुन सकेको छैन ।

धनकुटालाई सान्त्वना दिने काम मात्र भएको धनकुटेलीहरु बताउँछन् । धनकुटालाई सरकार र राजनैतिक दलहरूले बारम्बार षडयन्त्र गर्दै आएकाले जिल्लामा अहिले भूतबङ्ला र गौचरण बनाउने काम भैरहेको स्थानीय बुद्धिजिविहरु बताउँछन् । अहिले सरकारी भवनहरु संरक्षण हुन नहुँदा खण्डहर बन्दै गएका छन त्यसैगरी सरकारी जग्गाहरू गौचरण बन्न थालेको स्थानीयहरुको बताउँछन् ।

जिल्लामा सयांै भव्य सरकारी भवनहरू अहिले पुरै खाली भै भूतबङ्ला बन्दै जान थालेको स्थानीयवासी विजयसन्तोशी राई बताउँछन् । हजारौं रोपनी सरकारी जग्गाहरू समेत गौचरणमा परिणत भईसकेका छन् राईले भने । ‘धनकुटाका सरकारी भवनहरू, कार्यालयहरू प्रदेशको राजधानी बिराटनगरमा र स्थानीय तहहरूमा कार्यालय तथा कर्मचारीहरू स्थानान्तरण भएकाले रित्तिएका छन् भने निजी घरहरूसमेत व्यापार व्यवसाय चल्न छोडेपछि तराई झर्न थालेकाले खाली हुन थालेका छन् ।

घर जग्गा बिक्री वितरणमा पुरै मन्दी छाएको छ । राज्य,सरकारले धनकुटालाई सौताको व्यवहार गरी धनकुटालाई समाप्त गर्ने गम्भीर षडयन्त्र गरेकोले धनकुटाको पहिचान, गौरव तथा इतिहासलाई कायम गर्नका लागि धनकुटाका हामी स्थानीय वासिन्दाहरूको सक्रियता पूर्वक धनकुटालाई बचाउन ढिलो नगरीकन निजी क्षेत्रका सङ्घ संस्थाहरूको नेतृत्व गर्दै अगाडि बढ्नु पहिलो आवश्यकता भएको छ । धनकुटाको विकास र समृद्धिीका लागि धनकुटाको नेतृत्व गर्न सक्ने सक्षम ,सशक्त, क्रियाशील र जुझारु अनि धनकुटालाई बुझेको चिनेको दह्रो नेतृत्व आवश्यक भएको छ । धनकुटा त्यस्तो नेतृत्वको खोजीमा छ, राईले भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button