अर्थ खबरसमाचारहेडलार्इन

बम पड्काएर बाटो खन्दा, विकासले बिनास गर्यो

तम्घास

बम बपड्काएर बाटो खन्दा विनास भएको छ । विकास भन्नेबित्तिकै प्रायः मानिसले बाटोघाटो, पानी, बिजुली, विद्यालय र कलकारखाना आदिको सेवा सुविधा हो भनेर बुझ्ने गरिन्छ ।

देशभर विकास निर्माणको कार्यले गति लिँदै गर्दा अनेकन विनाशको चपेटा जनताले सहनु परेको छ । यसैको ज्वलन्त उदाहरण बनेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा न २ बौरका स्थानियहरु ।

राष्ट्रिय गौरवकै योजना कालीगण्डकी कोरिडोरको काम भैरहँदा यहाँका स्थानियहरु भने घरवारविहीन जस्तै बनेका छन् । कोरिडोरको कामको जिम्मा पाएको नेपाली सेनाको टोलीले काम गरिरहँदा स्थानियहरुको घरमा प्रत्यक्ष असर पुगेको छ ।

करिडोरको बाटो खनिरहँदा करिव १०० मिटर तल रहेका १५ घरधुरी विस्थापित बनेका छन् । सेनाको टोलीले आफुहरु संग सरसल्लाह समेत नगरी र बिना जानकारी बम पड्काएर बाटो खन्दा ठुला ठुला ढुंगाहरु खसी घरै भत्केको र जनताहरु सन्त्रासमा रहेको बताउँछन् स्थानिय भीष्म पराजुली । उनले भने, ‘कतिबेला मरिन्छ जस्तो लाग्छ कसैले हाम्रो कुरा सुनेन ।’

यस बिषयमा कालीगण्डकी गाउँपालिका वडा नं २ का वडाध्यक्ष संग बुझ्दा आफुलाई सामान्य जानकारी भएको र आफू त्यहाँ जाने साथै आफुले सेनाको टोलिलाई समेत जानकारी गराएको बताए । यता गाउँपालिकाका अध्यक्षलाई फोन गरेर जानकारी लिन खोज्दा फोन सम्पर्क हुन सकेन ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button