समाचारस्वास्थ्यहेडलार्इन

शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै

धनगढी,

शीतलहर र जाडोका कारण अस्पतालमा विरामीको संख्या बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको हो । शीतलहर र जाडोका कारण तराई क्षेत्रको कैलाली कञ्चनपुर जिल्ला सगै पहाडी जिल्लाहरुमा समेत जनजीवन कस्टकर बनेको छ ।

जाडो बढे सँगै तराई र पहाडी जिल्लाका अस्पतालहरुमा विरामीको संख्या पनि बढ्न थालेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जाडो र शीतलहर बढेसँगै दैनिक १ सय २० जनाको संख्याका विरामीहरु सेती अञ्चल अस्पतालमा उपचार गर्न आइरहेको सेती अञ्चल अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले जानकारी दिए ।

निमोनिया,रुघाखोकी,श्वासप्रश्वास,ब्लडप्रेसरका विरामीहरुको संख्या ह्वात्तै बढेको डा. जोशीले बताए । जाडो र शीतलहरबाट बच्नका लागि झोलिलो कुरा खाने,मर्निङ वाक जाँदा मोटो कपडा लगाएर जाने र न्यानो लुगा लगाएर घर भित्रै बस्न उपयुक्त हुने डा. जोशीको सुझाव छ । तराई र पहाडका विभिन्न स्थानहरुमा शीतलहर र जाडो छेक्न नागरिकहरुले आगो ताप्ने गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. १३ का स्थानीय विनोद पन्तले २ दिन यता शीतलहर सँगै जाडो बढेका कारण काम छोडेर आगो ताप्ने गरेको सुनाए ।

सर्वसाधारणलाई राहत मिलोस भनेर उपमहानगरपालिकाले विभिन्न वडाहरुमा कम्मलहरु वितरण गरीरहेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए । रेडक्रस संग समन्वय गरेर चिसोको बेला नागरिकलाई सुरक्षित राख्नका लागि पहल भइरहेको नग प्रमुख वडले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button