धरानमा यःमरी उत्सवको शुरु

सुनसरीको धरानमा यःमरी उत्सवको शुरु भएको छ । नेवाः देय् दवू धरान उपमहानगर समितिको आयोजनामा धरानमा बुधबारबाट यःमरी साँस्कृतिक तथा पर्यटन उत्सव श्ुरु भएको हो । धरान १२ छाताचोक स्थित रिजाल टासीको खाली जग्गामा यःमरी उत्सव ४ दिन सम्म संचालन हुनेछ ।
नेवार समुदायको बौद्धिक तथा सामाजिक व्यक्तित्वहरुले आफना संस्कार,साँस्कृती झल्काउने तथा नयाँ पुस्तालाई लोप हुँदै गरेको संस्कार ,सँस्कृतिका बारेमा ज्ञान प्रदान गर्नका लागि साँस्कृति महोत्सवको आयोजना गरिएको आयोजक नेवाः देय् दवूका धरान अध्यक्ष मनोहर शक्यले जानकारी दिए ।
यःमरीको महत्व र यःमरी उत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गर्न, नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैर नेवार समुदायबीच जानकारी दिन उत्सवले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शाक्याको भनार्य थियो ।
उत्सवलाई थप मनोरञ्जन दिलाउन नेवार जातीको गीत तथा नृत्य प्रर्दशन गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, नेवारी परिकार र पहिरन प्रदर्शन गरिने आयोजकले जनाएको छ । यःमरी उत्सवमा एउटा आर्कषकको रुपमा २५ किलोको यमरी राखिएको छ । यःमरी नयाँ चामलको पिठोबाट बनाईने एक प्ररिकार हो । चामलको पिठोलाई दुई तिर चुच्चो भएका डल््लोेको विचमा चाकु राखेर पानीको बाफमा पकाएर तयार गरिएको हुन्छ ।
यमरीलाई कुवेर र गणेशको प्रतीकका रुपमा लिइन्छ । पूर्णिमाका दिन अन्नका भकारी र भण्डारमा चढाएको यःमरी ४ दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन रही आएको नेवार समुदायका जानकारहरु बताउँछन् ।