समाचारस्वास्थ्यहेडलार्इन

काठमाण्डौंमा न्यूनमम तापक्राम ०।६ डिग्री,देशभरका जनजिवन कष्ठकरण बन्दै

काठमाडौंमा न्यूनतम तापक्रम ० दशमलब ६ पुगेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभरीको तापक्रमको पछिल्लो विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ६ डिग्री पुगेको छ भने देशका अन्य भागहरुको तापक्रम पनि घट्दो क्रममा रहेको जनाईएको छ ।

महाशाखाले हिजो (शुक्रबार) उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको बताएको थियो भने दिउँसो १ दशमलव ५ डिग्री सेल्सियस रहेको जनाएको थियो । यसअघि बुधबार र बिहिबार क्रमशः २ ः २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । भने चिसो बढ्दै गएको छ । दिनभरीको मौसम सफा भएपनि मौसममा बदली भइरहने महाशाखाले जनाएको छ ।
त्यस्तै, तराईका भूभागहरुमा अपराहन्नसम्म बाक्लो हुस्सु र कुहिरो रहने हुनाले राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आउने र चिसो नै रहने महाशाखाले जनाएको छ ।

मनिसहरु कठ्यांग्रिने जाडोमा यसो गदैछन् ।

कठ्यांग्रिने जाडोमा मानिसहरु आगोको भर पर्न थालेका छन् । वर्षा याममा बाढीको मार खेप्ने गरेका तराईबासी अहिले शीतलहर तथा बाक्लो हुस्सुका कारण कठ्यांग्रिनु परिरहेको छ । २४ सै घन्टा बाक्लो हुस्सु तथा चिसो हावाका कारण मानिसहरु चिसोबाट बच्न अनेकौं उपाय अप्नाइरहेका छन्। तापक्रम खासै नघटेको देखिए पनि तराईको चिसोले मानिसलाई अधिक प्रभावित बनाउने गर्छ ।

गाउँ तथा शहरी इलाकाका ठाउँ–ठाउँमा आगो बालेर ताप्ने व्यवस्था गरिएको छ । कुनै स्थानमा सर्वसाधारण आफैंले आगो ताप्ने व्यवस्था मिलाएका छन् भने कुनै स्थानमा प्रहरी तथा स्थानीय तहले दाउराको व्यवस्था गरेर सर्वसाधारणलाई न्यानो बनाउने काम गरिरहेका छन् ।

विगत केही दिनदेखि बढेको चिसोले जनजीवन प्रभावित भइरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले १ नम्बर प्रदेशका सबै जिल्लाका विभिन्न स्थानमा सर्वसाधारणहरुलाई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
तराईका झापा, मोरङ र सुनसरी जिल्लाका ३०० भन्दा बढी स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button