
यादब समुदायहरुको युबा संघ संतोष यादबको अध्यक्षतामा गठन भएको छ । काठमाडौको मधेश मिडिया हाउसमा भएको भेलाले यादव समुदायका युवाहरुको नेपाल यादव युवा संघको औपचारिक गठन भएको हो । संघको गठन घोषणा गरेको कुरा शत्रुधन यादबले जानकारी दिए । संघको उपाध्यक्षमा चन्द्र यदुवंशी, सचिवमा शिव यादव, उपसचिवमा चुडामणी यादव, कोषाध्यक्षमा रमिता यादवलाई चयन गरिएको छ ।
संघको केन्द्रीय कार्यसमितिको निर्णायक मण्डलमा शरदसिंह यादव, आरपी यादव, जयनारायण यादव र आलोक यादव गरी ४ जना रहेका छन् भने मस्यौदा समिति प्रमुखको जिम्मेवारी चुडामणी यादवलाई दिइएको छ । त्यस्तै, सल्लाहकारमा दशजनालाई राखिएको छ ।
संघले देशभरका यादव समुदायलाई सामेल गराउने र यादवको इतिहास, सभ्यता र संस्कृति खोज अनुसन्धान गर्न काम गर्ने जनाइएको छ । यस्तै, आर्थिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा यादव समुदायको पहुँच र अधिकारको लागि काम गर्ने, परापूर्वकालदेखि यादव वंशले आर्जन गरेको प्रतिष्ठा, सौर्य र बिर्ता पुनर्जीवित गर्ने, आर्थिक रुपमा विपन्न यादव समुदायका मानिसको लागि शैक्षिक तथा स्वास्थ स्तर उकास्न योगदान पुर्याउने लगायतका योजना संघको छ ।
मधेसमा रहने भएकोले देशमा विपत्ति परेको बेला यादव युवाले आफ्नो परोपकारी भवनाको प्रदर्शन गरि यादव समुदायको शाख उच्च बनाउन काम गर्ने लक्ष्यसहित संघ गठन गरिएको जनाइएको हो । नेपालमा यादबको जनसंख्या १० लाख ५४ हजार ४५८ छन।भने कुल जनसंख्याको ३।८८ प्रतिशत हुने तथ्यांक २०६८ सालको जनगणनाले देखाएको छ।यादब समुदायको संस्था यादब सेवा समाज २०५७ सालमा स्थापना भएको छ।