
धरान,
एनआईसी एसिया बैककको चमत्कारिक न्यु सुपर चमत्कारिक ३० योजना अन्तरगत चमत्कारिक फाईदा सार्वजनिक भएको छ । बैक पनि साथी पनि हाम्रो पनि राम्रो पनि भन्ने मुल नाराका साथ बित्तिय क्षेत्रमा सर्वाधिक सफलता प्राप्त गर्न सफल एनआईसी एसिया बैंकले न्यु सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको हो ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आइरहेको बैंकले अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरुका लागि सर्वाधिक उच्च प्रतिफल सहितको योजना ल्याएको नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा बुधबार पत्रकार सम्मेलन मार्फत सह पार्देशिक कार्यलय बिराटनगरका प्रमुख दिबाकर भट्टराईले जानकारी दिए ।
यो योजनामा उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु रहेको भट्टराईले बताए ।
सोही योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाख ?पैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् भने खातावालाको दुर्घटनाबाट ज्यान गएका वा पूर्ण?पमा अशक्त भएमा १० लाख ?पैयाँसम्मको बीमा सुविधा, १८ घातक रोगह?को लागि १० लाख ?पैयाँसम्मको बीमा सुविधा र एक लाख ?पैयाँ सम्मको औषपध उपचार बीमा सुविधा समेत प्राप्त सक्नेछन ।
त्यस्तै औषधि उपचार बीमाअन्तर्गत बैंकले ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग (ओपीडी) उपचारमा २० हजार ?पैयाँसम्म र अस्पताल भर्ना बापत ८० हजार ?पैयाँसम्मको बीमा सुविधा प्रदान गर्नेछन् । साथै यी बीमा सुविधाह? बापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेस्ट इन्स्योरेन्स कम्पनीलाई तिर्ने पनि सम्मेलनमा भट्टराईले बताए ।