खेलकुदसमाचार

धनकुटामा सहिद रामकृष्ण प्रदेश स्तरीय महिला फुटबल गोल्ड कप हुदै

धनकुटा,

धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय महिला फुटबल गोल्ड कप हुने भएको छ । गोल्ड कम महिला फटबल प्रतियोगिता आगमी माघको पहिलो हप्ता देखि संचालन गरिने सोमबार पत्रकार सम्मेलन गरी सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले जानकारी दिएको हो ।
प्रजातन्त्रका लागि बलिदान दिएका धनकुटाका सहिद रामकृष्ण श्रेष्ठको सम्मानमा माघ ३ गते देखी ७ गते सम्म प्रतियोगिता संचालन हुने आयोजक समितिका उपाध्यक्ष सत्य नारायण श्रेष्ठले बताए ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटका अध्यक्ष इश्वर अकेलाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार प्रदेश सभा सांसद लिला सुब्बा,सल्लाहकार विजय सन्तोषी राईले प्रदेश स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिता संचालन बारे प्रकाश पारेका थिए । प्रतियोगितामा प्रदेश नम्वर १ का ८ जिल्लाहरुका उत्कृष्ठ महिला टिमहरुले भाग लिने आयोजक समितिले जनाएको छ ।

गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद र कप,दोस्रो हुने टिमलाई ५० हजार नगद र कप र प्रत्येक म्याचमा ओमेन अफ द म्याच नगद पुरस्कार र विधागत पुरस्कारमा समेत नगद पुरस्कार दिईने आयोजिक समितिका सल्लाहकार तथा धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए । प्रतियोगिता संचालन गर्न करिव १३ लाख रुपैया लाग्ने आयोजक समितिका सचिव कृष्ण भागत श्रेष्ठले बताए । फुटबल प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न समितिहरु निर्माण गरी अभियान संचालन गरिएको आयोजक समितिका सदस्य रोशनराज अमात्यले जानकारी दिए ।

धनकुटा नगरपालिका वडा न.। ७ निवासी रामकृष्ण श्रेष्ठको विक्रम सम्वत २०३० चैत्र ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्र र उनका परिवार सवारी हुदा बम प्रहार गर्दा उहाको निधन भएकोले उहालाई २०७४ साल माघ ३ गते तत्कालिन शेर वहादुर देउवाको नेतृत्वमा रहेका सरकारले राष्टिय सहिद घोषणा गरिएको प्रतिष्ठानका सल्लाहकार विजय सन्तोषी राईले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button