अर्थ खबरसमाचार

भोकलाग्यो अनलाईन फुड डेलिभरी कम्पनीले पहिलो वार्षिकोत्सवमा ३० प्रतिशतसम्म छुट दिने

धरान,

भोकलाग्यो अनलाईन फुड डेरिभरी कम्पनीले पहिलो वार्षिकोत्सवको अवसरमा ३० प्रतिशत सम्म छुट् दिने भएको छ । सुनसरीको धरानमा एक वर्ष अधि देखि अनलाईन फुड डेलिभरी कम्पनी भोकलाग्यो डटकम संचालनमा ल्याईएको थियो । डटकमले आफ्नो पहिलो वार्षिकोत्सवको अबसरमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कुलुङ इनोभेशन प्रा.लिद्वारा सञ्चालित भोक लाग्यो डटकमले माघ १ देखि ७ गतेसम्म मोबाइल एप, फेसबुक पेज, वेवसाइट तथा डाइरेक्ट कल गरेर खाना अर्डर गर्नेहरुमध्ये लक्की ड्र मार्फत आमना टुर्स एण्ड ट्राभल्ससँग सहकार्य गरी २ जना भाग्यशालि विजेतालाई पोखरा ट्रिप फ्री गराईने सो कम्पनिका संस्थापक नरेन कुलुङले पत्रकार सम्मेलनमा घोषणा गरेको छ ।

बदलिँदो शहरीकरणको विकाससँगै व्यस्तताका कारण समयको सदुपयोग तथा स्वरोजगारको श्रृजना गर्ने भोकलाग्यो डटकमको प्रमुख उद्देश्य रहेको ब्राण्ड म्यानेजर संजिव कुलुङले बताए । हाल भोकलाग्यो डटकममा ५ जना कर्मचारी रहेको कुलुङले जानकारी दिए ।

भोकलाग्यो संग सहकार्य गरेको २ हप्ता मात्रै भएको भाटभाटेनी फास्टफुडका संचालक रोजन रनपहेलीले बताए । हालसम्म भाटभटेनी सुपरमार्केटमा सपिङ गर्न आउने ग्राहकहरुले प्रत्यक्ष सेवा लिइरहेको बताउँदै अहिले भोकलाग्यो डटकम मार्फत पनि सेवा उपलब्ध गराउन पाउँदा नियमित ग्राहक खुशी हुदै गएको र नयाँ ग्राहकहरु समेत जोडिन थालेको संचालक रनपहेलीले जानकारी दिए ।

नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले आफुले नियमित भोकलाग्योबाट सेवा लिईरहेको बताए । आफु कार्यालयको कामले व्यास्त भई खाजा खाने समय नहुँदा भोकलाग्यो कम्पनीलाई अनलाईन मार्फत खाजा अडर गरी कार्यालयमै खाजा मगाएर खाने गरेको चाम्लिङले सुनाए । हाल क्यास अन डेलिभरी, फोन पे, ई सेवा पे, कार्डबाट स्वाएप सुविधा, अर्डर गरेको खाना, डेलिभरी व्वाईसंग (एन आई सी एसिया बैंकको पोस मेसिन मार्फत स्वाइप गरेर तिर्न मिल्ने) व्यवस्था मिलाईएको कम्पनी संचाललक नरेन कुलुङले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button