समाचारस्वास्थ्यहेडलार्इन

मृगौला पिडित ताल कुमारी मगरलाई आर्थिक सहयोग,भिडियो सहित

धरान,दिल बहादुर राई

दुबै मृगौला फेल भएकी धरान ४ निवासी ताल कुमारी मगरलाई उपचारमा सहयोग पुगोस भन्ने अभिप्रायले आर्थिक सहयोग गरिएको छ । सहयोग रकम मृगौला रोग बिशेषज्ञ प्र.डा.संजीव शर्मा, (ईजरायलमा) मा रकम संकलन गरेका ठुली चन्द्रकला राईले संकलन गरेकी ९० हजार र नेपालमा पत्रकार रत्न प्रसाद आचार्यको पहलमा संकलन गरिएको १४ हजार गरी १ लाख ४ हजार प्रतिष्ठानकै डा. अशोक ऐयर, डा. बिकास शाहले सयुक्त रुपमा बिरामीका श्रीमान पदम मगरलाई हस्तान्तण गरेका हुन् ।

उनीहरुले मंगलबार बिरामी भर्ना भएको आकस्मिक कक्षबाट रगत जाच गर्नै स्थान सेन्ट्रल ल्याव लगिएको बेला मंगलबार दिउँसो करिब ३ बजे सोही कक्षको ब्लड जाँच गर्नै स्थानमा गई बिरामीको बेडमा नै उनका श्रीमान पदम बहादुर मगर लाई दाताहरुबाट संकलन भएको रकम हस्तान्तरण गरिएको छ ।

ईजरायलमा ठुली चन्द्र कला राईको पहलमा राम कडेल, लक्ष्मी राई, धना थापा, बाबुकाजी श्रेष्ठ, गीता सुबेदी, सिता कोईराला, ज्योती शर्मा, बाल कुमार साम्पाङ राई, लक्ष्मी अनुराघी भटटराई, उपेन्द्र राई, ज्ञानु राई, प्रेम शोभा राई, राधिका शाक्य, सरु राई, पेमु राई, सैलेन्द्र राई, नवराज ओली, कंसिस बान्तवा राई लगायतबाट ९० हजार संकलन रकम र पत्रकार रत्न आचार्यले धरानमा संकलन गरेको १४ हजार सहित १ लाख ४ हजार रकम पाउँदा बिरामीका श्रीमान पदमले सहयोग गरीदिएकोमा सबैलाई धन्यवाद दिदै अझै सहयोग गरी दिन अनुरोध समेत गरेका छन् ।

श्रीमतीलाई २०७६ साल असोज २८ गतेबाट अस्पताल भर्ना गरिएको उनका श्रीमान पमद मगरले जानकारी दिए । आफनी श्रीमती बिरामी भएदेखी नै आर्थिक अवस्थाले साथ नदिदा ३२ महिनकाकी छोरी तेरीना मगरलाई लिएर पूर्वका झापा बिर्तामोड सम्म सहयोग रकम माग्न पुगेको उनका श्रीमानले कोशीपोष्ट डटकम अनलाईन पत्रिकालाई बताए ।

‘श्रीमतीको दुबै मृगौला फेल भई अहिले वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराईरहेकोछुु । उनको मृगौला फेर्न लाखौँ रकम लाग्छ भनेर डाक्टरले भन्नु हुन्छ मेरो आफ्नै मृगौला दिदा पनि ८ लाख रुपैया धरौटी राख्नु पर्छ रे डाक्टहरुले त्यसो भन्नु भएको छ ।’ पदमले सुनाए । ‘अहिले सम्म दयालु मान्छेहरुले दिनु भएको जम्मा ४ लाख छ त्यति पैसाले पुग्दैन रे काठमाण्डौं लानु पर्छ बिरामी भन्नु हुदैछ यहाँको डाक्टरहरुले आफुसँग त्यति धेरै पैसा छैन हजुर मिडियाले सहयोग मागी दिनुहोस न्,कति दिन त खान नखादा पनि भोक लाग्दैन के गरौ गरौं जस्तो लाग्छ सानो छोरी छ सरकारले सहयोग गर्नु भएको छैन सिफारिस बनाएर ल्याउदा पनि मिलेन भन्नु हुन्छ यहाँ काउन्टरमा म त गरिब मान्छे के गर्ने होला हजुर’ पदमले बिलौना सुनाए ।

पदम मगरले श्रीमतीको उपचारका लागि सहयोग गर्नु हुने दाताहरुलाई धरानमा रहेको कृषि बैंकमा आफ्नै नाममा खोलिएको खाता नम्बर ०६०२७०१५४१०३९०१४ मा सहयोगी दाताहरुले सक्दो सहयोग गरिदिनुहुन याचना पनि गरेका छन् । उनलाई सहयोग गर्न चाहनेहरूले मृगौला पिडित मगरको श्रीमानको मोवाईल नम्बर ९८१५१७७०८१ मा कुरा गरी आफुले सकेको सहयोग गर्न सक्ने छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button