समाचारसमाज

समाजसेवीको निधनमा धनकुटा कांग्रेसक श्रद्धाञ्जली कार्यक्रम

धनकुटा

नेपाली कांग्रेस धनकुटाले आज नेपाली कांग्रेसका वडा ३ का वडा कार्य समितिका सदस्य देवेन्द्र मिश्र ,निर्वाचित वडा सदस्य बाबुराम मिश्र,समाजसेवीहरु शालिग्राम मिश्र का पिता नेपाली कांग्रेस तर्फबाट वडा सदस्यका उम्मेदवार निर्मला मिश्र,समाजसेवीहरु दुर्गा मिश्र र रतिा मिश्रका ससुरा समाजसेवी नन्दलाल मिश्रको हालै निधन भएकोमा श्रद्धाञ्जली कार्यक्रम गर्दै समवेदना पत्र बुझाएको छ ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,वडा नं. ३ का सभापति पदम भण्डारी,नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाल महिला संघ वडा नं. ३ का उपाध्यक्ष कमला ठकुरी,नेपाली कांग्रेस वडा नं। ३ का वडा कार्यसमितिका सदस्यहरु लेखनाथ रिजाल,युवराज सवेदी महोन राय,सविना कार्की लगायतले समाजसेवी नन्दलाल मिश्र प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो ।

धनकुटा नगरपालिका वडा नं. ३ का समाजसेवी नन्दलाल मिश्रको गत माघ ७ गते ९२ बर्षको उमेरमा असमायिक निधन भएको थियो । उहाको निधनले धनकुटा नगरपालिका वडा नं. ३ मा अपुरणीय क्षेत्री पुगेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button