समाचारसमाज

लिम्बु गाँजा र सालकको खपडासहित धरानमा पक्राउ

धरानको पुरानो बजारबाट गाँजा र सालकको खपडासहित एक जना युवा पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३, खुवाफोक स्थायी बसोबास गर्नेे वर्ष २६ को निरज लिम्बूको धरानमा पक्राउ गरेको हो । लिम्बुले बोकेको झोला चेकजाँच गर्ने क्रममा निजको झोलाबाट प्रहरीले लागूऔषध गाँजा ५ सय ग्राम फेला पारेका थिए । लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानले धरान–३ स्थित पुरानो बजारमा बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यस्तै, उनको झोलाबाट सालकको खपडा ६ सय ५० ग्राम फेला परेको प्रहरीको भनाइ छ । निजलाई लागूऔषध गाँजा मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको डिएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए । साथै संरक्षित सालकको खपडा सब डिभिजन वन कार्यालय पाँचकन्या धरानमा कारबाहीको लागि बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button