
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । इटालीका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाईन्छ । करोडौंको संख्यामा भ्यालेन्टाइन डे कार्डहरु, चकलेटहरु, फूलहरु अनि विभिन्न उपहारहरुको आदानप्रदान गरी यो मायालु दिनको उत्सव मनाइँदैछ ।
सम्राट क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दीगृहमा बन्दी बनाएर राखेको समयमा बन्दिगृहको एक सिपाहीकी छोरीसँग उनको प्रेम रहन गएको र मृत्यु अगाडि उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनि आफूलाई प्रेषकका रुपमा गरिएको एउटा सम्बोधन । त्यहि संबोधन आजसम्म पनि प्रेमीहरुले हृदयनिकट ब्यक्तिलाई आफ्ना भ्यालेन्टाइनका रुपमा सम्झिने गर्दछन्् ।
हिन्दु परम्परामा विवाह सम्बन्धी थुप्रै ग्रन्थको रचना तथा समय अनुसार व्याख्या गरिदै आएको छ । ज्योतिषको मुहूर्त चिन्तामणी नामक ग्रन्थमा विवाह गर्नुभन्दा पहिले नै पूर्वाङ्ग अर्थात विवाह हुनुभन्दा केही समय अघि गरिने विशेष बिघ्नबाधा नपरोस् भनेर गरिने गणेश पूजा हो, जुन पूजा हप्ता दिन या पन्ध्र दिन अगाडि नै गर्न मिल्ने पूजा हो । उक्त पूजा गरेपछि वर तथा कन्याको घरमा विवाहको माहोल शुरु हुन्छ ।
फ्रेबअरी १४ तारिख अर्थात् भ्यालेन्टाइन डेका दिन पछिल्लो समय विवाह गर्ने प्रचलन बढेको छ । धेरै युवायुवती भ्यालेन्टाइनकै दिन विवाह गर्न इच्छुक हुने गर्छन् र भइरहेका पनि छन् । आफ्नो विवाहलाई उत्सवका रूपमा मनाउनेहरुको सम्बन्ध दिगो भइरहेका पनि छन् । खासगरी वर्तमान युवायुवतीले भ्यालेन्टाइन डेका दिन विवाह गरेकाले कसको बिहे दिगो भयो र टुट्यो भन्ने सार्वजनिक भइसकेको छैन । तर, युवा पुस्ताले यसलाई उत्सवका रूपमा मनाउने गरेकाले भ्यालेन्टाइन डे लोकप्रिय बन्दै गएको हो ।