
धनकुटा,
आस्थाको आधारमा शिक्षकलाई बिभेद गरिएको नेपाल शिक्षक संघ कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल शिक्षक संघले शनिबार धनकुटाको पाख्रिवासमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएको हो । मुलुकलाई समृद्ध बनाउन गुणस्तरीय र उत्पादनमुलुक व्यावसायिक शिक्षा आजको आवाश्यक्ता भएकोे प्रतिनिधि सभामा सहभागीहरुले वताएका ह्न् । नेपाल शिक्षक संघ पाख्रिवास नगर कार्य समितिका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतमा सम्पन्न भएको प्रतिनिधि सभामा नेपाल शिक्षक संघ धनकुटाका पदाधिकारीहरु र नेपाली कांग्रेसका नेताहरुले आस्थाको आधारमा शिक्षकलाई विभेद गरिएको बताएका छन् ।
संविधान सभा सदस्य तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ,महासमिति सदस्य तथा पूर्व उपसभापति अजित नारायण सिंह थापा,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष धिरेन्द्र वहादुर लिम्ब, शिक्षक संघका पूर्व जिल्ला सदस्य बिनोद सुवेदी, नेपाल शिक्षक संघ संघ छथरजोरपाटीका अध्यक्ष हरी प्रसाद दाहाल,नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि दिपेन्द्र राई,पूर्व केन्द्रिय प्रतिनिधि सिता घिसिङ्ग लगायत अथितिहरु र नेपाल शिक्षक संघ पाख्रिवास नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले सहभागीता जनाएका थिए । सहभागीहरुले गुणस्तरीय शिक्षा उत्पादन गरिनुपर्ने र व्यावसायिक शिक्षामा जोड दिएका थिए ।
उक्त प्रतिनिधि सभाले शिक्षकहरुलाई आस्थाको आधारमा विभेद नर्गन आग्रह गदै सवै शिक्षकहरुलाई समान व्यवहार समान तलव र समान अधिकार हुनु पर्ने निर्णय गरेको छ ।