समाचारसमाज

धरानेहरु समाजसेवामा लाग्दै , समाजसेवी होम दिदीले आमाको पुण्य तिथिमा बृद्धा आश्रमलाई दान गरिनन्

कोशीपोष्ट संवाददाता

धरान १० निवासी समाजसेवी ७६ बर्षको उमेरमा निधन भई स्वर्गवास भएकी स्वर्गीय नरमती लिम्बुको प्रथम बार्षिक पुण्य तिथिको अबसर पारेर उनका छोराछोरीहरुले सुनसरीको पकली स्थित रहेको राम जानकी बृद्धा आश्रमलाई सहयोग गरेको छ । त्यहा आश्रित ९ जना बृद्ध तथा असहाय आमाहरुको आर्शिबाद लिनुका साथै आश्रमलाई चाहिने आवश्यक सामग्री स्वर्गीय लिम्बुकी छोरीहरु होम कुमारी लिम्बु र बिष्णु लिम्बुले प्रदान गरेको हो ।

लिम्बुद्धय दिदि बहिनी सहितको ६ जनको टोली आश्रम नै पुगी आश्रमलाई आबश्यक चाहिने सहयोग गरेको हो । गणेश श्रेष्ठ,शान्ती लिम्बु ,देवी लिम्बु,गोपाल कामत लगायतको उपस्थिती रहेको थियो । लिम्बुद्धयले उक्त बृद्धआश्रम लाई चाहिने आवश्यक सामग्री दिनुको साथै आश्रममा रहेका बृद्धआमाहरुलाई एक छाक खाजा पनि खुवाईएको थियो ।

स्वर्गीय नरमतीकी दुई छोरी,होम तथा बिष्णु लिम्बु र उनका एक छोरामध्येका ईन्द्र प्रसाद लिम्बुले आश्रमलाई करिब ३० हजार रुपैंया बराबरको काचको थाल बटुको सेट सरसफाईको समाग्री दिनुका साथै खाली ग्यास चुल्हो पनि रिफिल गरेर दिएका थिए । लिम्बुद्धयले आश्रमका सहसचिव गणेश प्रसाद शाह र सदस्य निमेन्द्र चौधरीको रोहवरमा नै सो सामग्री हस्तान्तरण गरेक थिईन । लिम्बुले समाजीक उत्तरदायित्व वहन गर्दे सबैलाई सहयोग र आत्मसन्तृष्टीको लागी सहयोग गरेको र भविष्यमा पनि यस्ता सहयोगहरु निरन्तर रुपमा गरीने पनि बताएकी छिन ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button