अर्थ खबरसमाचार

फुड सप्लीमेन्टको स्टोर धरानमा खुल्यो

धरान,

फुड सप्लीमेन्टको स्टोर धरानमा खुलेको छ । जिम अभ्यास पछि स्वाथ्य रहनका लागि न्युट्री हव फुड सप्लीमेन्ट १० लाखको लागतमा धरानमा खुलेको हो । आजभोली मानिसहरु भागदौड र व्यस्त दिनचर्याका कारण दैनिक शाररीक ब्याम गर्न समेत भ्याईहरेका हुदैनन् । जथाभावी खानपिनले मानिसहरु चाहेर पनि आफनो स्वास्थ्य प्रति सजग र सचेत भएको भेटिदैन । जुनबेला मानिसलाई रोगले गाजी सकेको हुन्छ अनि मात्र उपचार खोज्न तिर लाग्छन र भौतारिन्छन् कहिले अस्पताल तिर कहिले क्लिनिक तिर तर मानिसको ब्यस्ततालाई यस सप्लीमेन्टले केही सहज बनाउन सक्ने संचालकको भनाई छ ।

मानिसले फुड सप्लीमेन्टे निरन्तर प्रयोग गरेमा संधै स्वस्थ रहन सक्ने सञ्चालकको दावी छ । रोगको मूल कारण असन्तुलित आहार विहार भएकाले सप्लीमेन्टले त्यसलाई सन्तुलन गर्ने उनीहरुको भनाई छ । मानिसले दैनिक सन्तुलीत आहार हुने हो भने जटिल रोगहरु र शरिरमा देखिने जटिल विकृति लाई समेत निराकरण गर्ने बताएको छ । सन्तुलीत आहारको कमिले मानिसमा कुपोषण जस्तो जटिल समस्या हुन सक्ने सन्तुलीत आहारको कमिले हाडमा देखिने अस्टियोपोरोसीस जस्तो जटिल रोग हुन सक्ने भनिएको छ ।

न्युर्टी हवको रुपमा नाम दिईएको सो सप्लीमेन्ट हबबाट सबै जनमानसले सजिलै सेवा लिन सकुन भन्ने अभिप्रायले मिस्टर धरान तथा जिमर उत्तम खत्रीले १० लाखको लगानीमा धरानमा स्टोर सञ्चालनमा ल्याएको बताए । औपचारिक रुपमा सप्लीमेन्ट उद्घाटन धरानका मेयर तिलक राईले रिबन काटेर गरेका हुन् । ‘हामीले फुड सप्लीमेन्टलाई प्रिभेन्टीभ मेडिसिनको रुपमा सेवन गरे राम्रो हुने रहेछ फुड सप्लीमेन्टहरु सन्तुलीत भोजनको आवश्यकतालाई पूरा गर्न आहार फुरकको रुपमा बनाइएकाले शरीरलाई चाहिने पौष्टिक तत्व लागायतका आबश्यकताहरु प्रिपूर्ति हुन सक्ने रहेछ’ मेयर राईले कार्यक्रममा बोल्दै भने ।

फुड सप्लीमेन्टले मोटोपन घटाउने कसरत गर्दा शरीरलाई शक्ति प्रदान गर्नै,मसल गेन ,मसल टोन गर्ने,लगायतका सबै प्रकारका सप्लीमेन्टहरु सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले धरानमा सप्लीमेन्ट स्टोर सञ्चालनमा ल्याइएको संचालनक उत्तम खत्रीले बताए । फुड सप्लीमेन्टले मानिसको स्वास्थ्यलाई कुनै साईडईफेक्ट नगर्नेे र खेलाडीहरुले मात्र नभएर सबैले आफ्नो दैनिक जिवनमा प्रयोग गर्न सक्ने खत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए । निशुल्क डाईट र जिम रुटिन सम्बन्धी परामर्श प्रदान दिदै आएको पनि संचालक खत्रीले सुनाए । स्टोरमा १ हजार देखी १५ हजार सम्मको फुड सप्लीमेन्ट राखिएको सञ्चालक खत्रीले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button