
धरान
धरानमा सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज बिहिबारबाट हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले गर्दैहुनुहुन्छ आयोजक संघका प्रथम उपाध्यक्ष तथा मेलाका मुल संम्योजक शिवराज श्रेष्ठले औद्योगिक मेलाको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा राज्यमन्त्री दुगड आउने जानकारी दिएको हो ।
धरान १२ स्थित पब्लिक माविको मैदानमा हुने १० दिने औद्योगिक मेला फागुन २४ गते सकिनेछ । आजबाट मेला सुरु भएसंगै सोही मेलामा लाग्ने जुत्ता चप्पल मेला भने आगामी चैत ७ गते मात्र सकिने संघका संयोजक शिवराज श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा विभिन्न उत्पादनहरुको ८६ वटा स्टल रहने आयोजकले जनाएको छ । मेला अवधिमा करिब ३ लाख मानिसले प्रत्यक्ष अवलोकन गर्ने पनि आयोजकको अपेक्षा छ । मेलामा बैक तथा बित्तिय संस्था २ वटा, होटल ५ वटा, ढाका अल्लो, ह्याण्डिक्राफ्ट ८ वटा, नर्सरी २ वटा, मह ४ वटा, गार्मेन्ट ५ वटा, अर्गा्निक अचार चिया, ललिपप ९ वटा स्टल राखिदैछ ।
यस्तै भारत, पाकिस्तान र वंगलादेशको १४ वटा स्टल हुनेछ भने पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिचाई १ वटा, स्थानीय भवन निर्माण १ वटा, अटोमोवाइल २ वटा, विस्कुट, चाउचाउ, कस्मेटिक लगायतको पनि स्टल रहने प्रचार तथा प्रसार उपसमिति संयोजक मानबहादुर विश्वकर्माले जानकारी दिए । दुग्ध विकास संस्थानले व्यापारीलाई दिने रेटमा दुध, ध्यु, आइसक्रिम, नौनीलगायत उपत्पादन बिक्री गर्ने पनि आयोजकले जनाएको छ । संखुवासभाबाट सिस्नुको दाल, बर्म्जियाको पेडा, अर्गा्निक तरकारी पनि उपलब्ध हुनेछ ।
धरानमा बिभिन्न औद्योगिक, कृषि उत्पादनको प्रर्दशनी तथा मेला आयोजना गर्ने ठाउँको अभाव छ । यो मेला आयोजकले मेलाबाट भएको नाफाले धरानमा एउटा मझौला किसिमको प्रर्दशनीस्थल बनाउने योजना पनि आयोजको रहेको छ ।