
धरान,
धरानमा जारी २२ आंैं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा लिग च्याम्पियन मच्छिन्द्र क्लब काठमाडौंलाई टाइबेकरमा हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । अब शनिबार उसले फाइनलमा मनाङ मस्याङदी क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
धरान–१६ स्थित धरान रंगशालामा भएको अन्तिम सेमिफाईनल खेलमा लिग बिजेता मछिन्द्र र नेपाल पुलिस क्लब बराबरी भएपछि अन्तिम सेमीफाइनल खेलमा मछिन्द्रलाई सडन डेथमा ५–४ ले हराउँदै पुलिस फाइनल पुगेको हो । निर्धारित समयको खेल दुवै टोलीबाट गोलरहित बराबरी खेलेपछि सिधैं टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टोलीले ४–४ गोल गरेका थिए ।
मछिन्द्रबाट रञ्जित धिमाल, विमल घर्ती मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल गरे भने विशाल राई बि को प्रहार पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले रोके । यस्तै, पुलिसबाट पनि भोला सिलवाल, पदम भट्टराई, तीर्थ राना मगर र जुमानु राईले गोल गरे भने सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेका थिए ।
सडन डेथमा भने कपिल ढकालले निर्णायक गोल गर्दा मछिन्द्रका कप्तान विराज महर्जन गोल गर्न चुकेपछि पुलिस बुढासुब्बाको फाइनल प्रवेश गर्न सफल भयो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले नगद १५ हजार पाए भने वेष्ट गोलको नगद ५ हजारको पुरस्कार मछिन्द्रका रेजिन धिमालले पाएका छन् ।
यसअघि मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा भारतको सण्डे फुटबल क्लबलाई ६–१ को सानदार जीत निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने नेपाल पुलिसले मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
बिहीबार भएको खेलमा पुलिसका स्टार जुमानु राईले आफ्नो पहिलो खेलमा नै दुई गोल गर्दै अझै उत्कृष्ट लय देखाएका थिए भने मछिन्द्रको तर्फबाट प्रतियोगिताकै एक मात्र ह्याट्रिक आफ्नो नाममा राख्दै बिमल घर्ती मगरले आफनो क्षमता प्रद्र्धशन गरेका थिए । बिहीबारको खेलमा पुलिसका तर्फबाट जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी जस्ता अनुभवी खेलाडी सहित युवा टिम लिएर मैदानमा उत्रेका थिए भने मच्छिन्द्रको तर्फबाट स्टार खेलाडीहरु विमल घर्ती मगर, विशाल राई, विराज महर्जन रेजिन सुब्बा लगायतका खेलाडीहरु प्रतिष्पर्धाका साथ मैदानमा उत्रेका थिए । फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा २ विदेशी सहित ८ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार जित्नेछन् ।