अर्थ खबरसमाचारहेडलार्इन

भेडेटार र धरानको सिमनामा शाहसी जिपलाइन खेल शुरु, मुख्यमन्त्रीले शनिबार उद्घाटन गरे (भिडियो सहित )

दिल बहादुर राई/भेडेटार

पूर्वको भेडेटार–धरानमा नियमित जीपलाइन शुरू भएको छ । भेडेटारको चोकैबाट उडेर भएर धरान–४ देवीथान ल्याण्डिङ प्वाइन्ट राखिएको छ । साहसिक खेलमध्येको जीपलाइनको एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले जीपलाइनले प्रदेश १ को मात्रै नभएर समग्र पर्यटन क्षेत्रमा टेवा पुरयाउने बताए । जीपलाइनमध्ये धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यान खेलमा सहभागिता जनाउँदै सुपरम्यान बनेकी थिइन् । त्यस्तै, पत्रकार, त्यहाँका स्थानीय युवायुवतीले पनि परीक्षणकालमा मज्जा लिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, साँघुरीगढी गाउँपालिकाका प्रमुख कुमारजंघ याक्खा, होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान–४ का वडाध्यक्ष मानबहादुर राईलगायतले साहसिक पर्यटनमा अर्को इँटा थपिएको बताए । यसले भेडेटार र धरानको आर्थिक समृद्धिमा टेवा पुग्ने उनीहरूको भनाइ थियो ।

जीपलाइनको आकर्षण थपिएसँगै यसको मज्जा लिने पनि बढ्दै गएका छन् । पर्यटन प्रवद्र्धनका लागि शुरु गर्न लागिएको जीपलाइन अर्थात् डोरीमा झुण्डिएर खेलिने खेलले भेडेटार–धरानमा रौनक बढाउने निश्चित रहेको वल्र्डवाइड प्रालिका केदारबहादुर थापाले जानकारी दिए । प्याराग्लाइडिङपछि यो साहसिक खेल भित्रिएको हो । यो बञ्जीजस्तै साहसिक खेल हो । पर्यटन वर्ष २०२० लाई लक्षित गरी ‘जीप लाइन’ शुरुवात भएको हो ।

सञ्चालनमा आउने ‘जीप लाइन’ मा तीन प्रकारका साहसिक खेल रहेका छन् । कम्पनीले एकजना मात्रे खेल्न मिल्ने गरी क्लासिक जीपलाइन, दुईजना अर्थात् प्रेमजोडी एकैपटक खेल्न मिल्ने गरी कप्पल जिपलाइन र सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यान गरी तीन प्रकारको साहसिक खेल सञ्चालनमा ल्याएको छ । पर्यटकहरुको आफ्नै रोजाइ र इच्छाका आधारमा ‘जीप लाइन’ को मज्जा लिन सकिने व्यवस्था भएको प्रालिकी सञ्चालक विवश भण्डारी बताउँछन् । अन्य खेलको तुलनामा ‘जीपलाइन’ अर्थात् डोरीमा झुण्डिएर खेलिने यो खेल निकै रोमाञ्चक मध्येको एक हो । यो धरान–भेडेटारको लागि नयाँ प्रोडक्ट नै पनि हो ।

६ सय ५० मिटर लामो जीपलाइनमा करिब ३५ देखि ४५ सेकेण्ड रमाइलो गर्दै मज्जा लिन सकिन्छ । करिब ७ महिना अघिदेखि वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान–४ ले निर्माण शुरु गरेर अहिले सञ्चालनमा ल्याइएको हो । प्रालिका सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवश भण्डारीले भेडेटारमा २ वर्ष अध्ययन गरेर जीपलाइनको शुरूवात गरेका हुन् । करिब ३ करोडको लगानीमा यो सञ्चालन भएको हो । त्यस्तै, जोडीले बसेर फ्लाइङ गरे १८ सय, सुपरम्यानको १५ सय र क्लासिकको १२ सय रूपैयाँ मूल्य तोकिएको छ । जीपलाइनमा १० वर्षदेखि ७५ वर्ष उमेरसम्मकाले मज्जा लिन सकिने जनाइएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button