
अहिले बिश्व भरि महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिने जोखिम बढेकोले सम्पूर्ण तयारी सकिसकेको
माध्यमिक शिक्षा (एसईई) परीक्षा अन्तिम समयमा सरकारलेआएर स्थगित गरेको छ । चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । ती मध्ये कतिपय विधार्थीहरु आफ्नो तोकिएको परीक्षा केन्द्र क्षेत्रमा पुगिसकेका थिए।
कूल ८६ वटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला-जिल्ला पुगिसकेका थिए। सबै तयारी पुरा भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले उक्त परीक्षा स्थगितको निर्णय गरेको हो। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री
ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको खबर बिभिन्न संचार माध्यमलाई जानकारी दिए। परीक्षा स्थगितको घोषणा गरेता पनि कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन।
विश्वविद्यालयको परीक्षा पनि स्थगित
देशका विभिन्न विश्वविद्यालयहरूले चैत महिनामा लिन लागेका परीक्षाहरू पनि स्थगित भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिएका हुन्। राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।