अर्थ खबरसमाचार

धनकुटामा कृतिम अभाव

धनकुटा

अनावाश्यक हल्ला र भ्रमका कारण धनकुटामा कृतिम अभाव भै हाहाकार हुन सक्ने खतरा बढेको छ । कृतिम अभाव नहोस भनेर धनकुटा उद्योग बाणिज्य संघले आज विज्ञप्ती प्रकाशित गरी दैनिक उपभोग्य समाग्री लगायत पेट्रोलियम पर्दाथ स्टक नर्गन सवैमा आग्रह गरेको हो ।


यातायत बन्द भै दैनिक उपभोग्य सामाग्रीहरु र पेट्रेलियम पर्दाथ ढुवानी बन्द हुन सक्ने हल्ला र भ्रमका कारण व्यापारी तथा व्यावसायीहरुले समान स्टक गर्ने र उपभोक्ताहरुले समेत त्रासका कारण आवाश्यकता भन्दा पनि बढी अनावाश्यक रुपमा दैनिक उपभोग्य सामाग्रीहरु लगायत पेट्रोलिय पर्दाथ स्टक गर्न थालेकोले बजारमा कृतिम अभाव सिर्जना हुदै जादा हाहाकार हुन सक्ने खतरा बढे पछि उद्योग बाणिज्य संघले स्टक नर्गन सवै व्यापारी र उपभोक्ताहरुलाई आईतबार एक विज्ञप्ती प्रकाशित गरी अपिल गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राव वहादुर गोङ्वा तामाङ्गद्धारा हस्ताक्षरीत उक्त विज्ञप्तीमा धनकुटा जिल्लावासीहरुलाई चार महिना सम्म पुग्ने दैनिक उपभोग्य सामाग्रीहरु स्टक (मौज्दात) रहेकाले त्रसित नभई संमयित हुन उल्लेख गरिएको छ ।  स्टक गरी कृतिम अभाव सिर्जना गर्ने मुल्य बृद्धी गर्ने कार्य दण्डनीय कार्य भएकाले यस प्रकारका कार्यहरु नर्गन र नगराउन सवैमा अनुरोध गर्दै निर्वाद रुपमा सस्तो र सुलभ दरमा दैनिक उपभोग्य समाग्रीहरु तथा वस्तुहरु स्टक नगरी उपलब्ध गराउन र कृतिम अभाव हुन नदिन व्यापक अनुगमन भैरहेकोले अनुगमन कार्यमा सहयोग गर्न समेत धनकुटाका सम्पूर्ण व्यापारी,उद्योगी,व्यावसायीहरुमा धनकुटा उद्योग बाणिज्यसंले अपिल गरेको छ ।

मुलुकमा कोरोना भाईरसबाट आउने सक्ने खतरालाई सामना गर्न कुनै एक व्यक्ति वा सरकारको पहलबाट मात्र संभव नहुने भएकाले आम जनसमुदाय नै अभियानको रुपमा कोरोना भाईरको संक्रमण हुन नदिन सचेतना अभियानमा जुट्न विज्ञीप्तीमा आग्रह गरिएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न आ आफ्नो पसल तथा उद्योगको अगाडी हात धुने प्रवन्ध गरी सवैलाई हात धुन लगाउन समेत धनकुटाका उद्योगी व्यावसायी र व्यापारीहरुलाई अनुरोध समेत विज्ञप्तीमा गरिएको छ ।

हाम्रो जस्तो गरिव तथा साधन स्रोत कम भएको मुलुकमा कोरोना भाईसको सक्रमण फैलियो भने धान्न नसकी भयाभ स्थिति सिर्जना हुन सक्ने भएकोले चिकित्सकको सल्लाह अनुसार बेलैमा कोरोना भाईरसबाट बच्नका लागी सावधानी अपनाउदै जिल्लामा कुनै पनि सभा सम्मेलन,अन्र्तक्रिा ,गोष्ठी तथा ठूला ठूला बैठक अनाश्वायक रुपमा घरबाट निस्केर हिडडुल नर्गन र भीडभाड समेत नगरी कोरोना भाईरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती मार्फत सवैमा अपिल गरेको छ । यसैगरी धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले धनकुटा जिल्लाका स्थानीय तहहरुसंगको सहकार्यमा यहि चैत्र १० गते देखी चौक चौक र सार्वजानिक स्थलमा हात धुने व्यवस्था मिलाउने तयारी गरेको बाणिज्य संघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button