Uncategorizedस्वास्थ्यहेडलार्इन

(कोभिड-१९) कोरोनाभाइरसबाट अमेरिकामा १८ बर्ष भन्दा कम उमेरको पहिलो व्यक्तिको मृत्यु।

क्यालिफोर्नियाको लस एन्जलस काउन्टीका सार्वजनिक स्वास्थ्य अधिकारीहरूले मंगलबार कोभिड १९ कोरोनाभाइरसबाट १८ बर्ष भन्दा कम उमेरका एक बिरामीको मृत्यु भएको पुष्टी गरेको छ जुन संयुक्त राज्य अमेरिकाको १८ बर्ष भन्दा कम उमेरको पहिलो घटना भएको विश्वास गरिएको छ।

अधिकारीहरूका अनुसार उक्त बिरामी लस एन्जलस शहर देखि ७० माईल उत्तरमा अवस्थित लाँकास्टर शहरका हुन्। मङ्गलबार काउन्टीमा मृत्यु हुने चार मध्ये यो एक भएको र महामारी शुरू भएदेखि अहिले सम्म त्यहाँ कुल ११ जनाको मृत्यु भएको रिपोर्टमा जनाइएको छ।

“दुःखको कुरा, मरेकाहरूमध्ये एक १८ बर्ष भन्दा कम उमेरका व्यक्ति थिए,” लस एन्जलस काउन्टी सार्वजनिक स्वास्थ्य निर्देशक बार्बरा फेरेरले एक समाचार ब्रीफिंगमा भने।
“विनाशकारी कोभिड-१९ ले सबै उमेरका मानिसहरूलाई संक्रमित गर्दछ।”

काउन्टीमा जम्मा ६६२ घटनाहरू पुष्टि भएका छन्, जसमा २५६ घटनाहरू ४८ घण्टा भित्रका हुन्। यद्यपि कोभिड-१९ का गम्भीर घटनाहरू सामान्यतया वृद्धहरूमा अधिक
हुन्छन्, तर संक्रमितहरू मध्ये धेरैजसो कम उमेरका छन। काउन्टीले हालसम्म रिपोर्ट गरेका ८० प्रतिशत घटनामा ६५ वर्ष मुनिका मानिसहरु धेरै छन जसमा १८-४० बर्षका
बिरामीहरु अत्याधिक भएको जनाइएको छ।

“कोभिड-१९” ले कुनै उमेर, जाति वा आय स्तर हेरेर भेदभाव गर्दैन। हामीले न्यु योर्क जस्ता ठाउँहरूमा जे देखिरहेका छौं जे सुनिरहेका छौं त्यसबाट हामीले सचेत भएर
सुरक्षा बिधिहरु अपनाई पूर्व तयारी गर्नुपर्दछ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button