समाचारस्वास्थ्य

धनकुटा उद्योग बाणिज्य संघद्धारा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क सेनिटाइजर वितरण

धनकुटा

कोरोना भाईरस ९कोभिड १९० लाई फैलन नदिई नियन्त्रण गर्नका लागी आज धनकुटा उद्योग बाणिज्य संघले जनचेतना अभिवृद्धी गर्दै भेडेटार ,घण्टे र मुलघाटमा बजार अनुगमन गर्दै माक्स र सेनिटाईजर वितरण गरेको छ ।

सरकारले लगाएको लक डाउन गरेको सयमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य समाग्रीहरु अभाव हुन नदिनका लागी सुरक्षित ढंगले समान विक्रिवितरण गर्न र कोरोना भाईरसबाट बच्न सचेतना फैलाउदै आज धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष विजय सन्तोषी राई,सचिव श्रीराम रायमाझीले धनकुटाको भेडेटार,घण्टे र मुलघाट क्षेत्रका बजार लगायत विभिन्न क्षेत्रमा बजार अनुगमन गर्दै माश्क र सेनिटाईजर वितरण गरेका हुन् ।

सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी,व्यापारी,व्यावसायी र सर्वसाधारणहरुलाई माश्क र सेनिटाईजर वितरण गरिएको र सार्वजानिक स्थलमा हात धुने व्यवस्था मिलाई सो स्थानहरुमा सेनिटाईजर वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायमाझीले बताए ।

डिउटीमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र दैनिक उभोग्य सामाग्रीहरु विक्रि वितरण गर्ने व्यापारी तथा व्यावसायीहरु जोखिममा पर्ने भएकाले माश्क र सेनिटाईजर वितरण गरिएको र धनकुटा बजार ,हिलेबजार,सिधुवा बजार,पाख्रिवास बजार लगायत धनकुटाका दुर्गम क्षेत्रका बजारहरुमा कोरोना भाईरसबाट बच्ने उपायको वारेमा जनचेता अभिवृबद्धी गर्दै माश्क र सेनिटाईजर अव वितरण गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईल जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button