
धरान,
एडीबी खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन भत्काइएको घटनामा संलगन हर्क साम्पाङलाई साउन २० गते बेलुका पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द« बहादुर बस्नेतका अनुसार खानेपानि बोर्डले दिइएको उजुरिका आधरमा साम्पाङलाई पक्राउ गरिएको हो । तोड्फोड्को घटनामा धरान खानेपानि संस्थानका अध्यक्षको नाम समेत मुछिएकोमा नेकपा , नेपाली काङग्रेस धरान कमीटिले छुट्टा छुट्टै विज्ञप्ति मार्फत दोषीलाई कानुन बमोजिम कार्वहीको माग गरेका छन् । तोड्फोड्बाट १ लाख ५० हजार बाराबरको क्षति भएको बताईएको छ ।
https://www.youtube.com/watch?v=smmUt7GvTbY&t=302s