समाचारस्वास्थ्यहेडलार्इन

देशभर शनिबार थपिए तीन सय ७८ जना कोरोना संक्रमित

काठमाण्डौ,

साउन २४ गते शनिबार (आज) देशभर ३ सय ७८ जना कोरोना भाईरका संक्रमित थपिएका छन्।् । बितेको २४ घण्टामा ७ हजार ७ सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ७८ जनामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

थपिएका यो संख्या संगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेका छन् । विगत २४ घण्टामा ४ सय ९९ जना डिस्चार्ज भएर घर फर्किएको डाक्टर गौतमले जानकारी दिए । अहिलेसम्म कोरोना भाइरसबाट निको भई १६ हजार ३ सय १३ जना घर फर्किसकेको डाक्टर गौतमले जानकारी दिए । कोरोना भाइरसबाट नेपालमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ ।

https://www.youtube.com/watch?v=smmUt7GvTbY&t=37s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button