
धरान,
नेपालमा फेरि ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । साउन २७ गते मंगलबार नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा आज मंगलबार ६ सय ३८ जना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यो संगै नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । संक्रमित बाट मुत्यु हुनेको संख्या नेपालमा ८३ जना पुगेको प्रा.डा. गौतमले जनाएको छ ।
https://www.youtube.com/watch?v=smmUt7GvTbY
https://www.youtube.com/watch?v=pCK7LpKaA4c&t=10s