समाचारस्वास्थ्यहेडलार्इन

धरानमा नेकपाकी सांसदसहित आठ जनामा कोरोना पुष्टि

धरान,

धरानमा नेकपका सांसदसहित ८ जनामा कोरोना पुष्टि भएको छ । नेकपाका समानुपातिक सांसद र श्रीमानसहित धरानमा स्वाब संकलन गरिएकाहरु मध्ये ८ जनामा कोरोन पुष्टि भएको हो । सो मध्ये धरानका ६ रहेका छन् । पोजेटिभ रिपोर्ट आएकी सांसद धनकुटाबाट प्रदेशसभामा नेकपाकी समानुपातिक हुन् । उनी इटहरी ४ मा बस्दै आए पनि सांसदले श्रीमानगंगै धरान वडा नं १५ बाट स्वाब दिएकी थिइन् । सांसद र उनको श्रीमान्को पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने चालकको नेगेटिभ आएको छ ।

यसैगरी धरानमा थप संक्रमण भएकोहरुमा वडा नं १५ को ३ जना रहेका छन् । उनीहरु ३३ बर्षको पुरुष, ६९ बर्षको पुरुष र ३७ बर्षकी महिला छन् । यस्तै, वडा नं १६ का २५ बर्षको पुरुष र २१ बर्षको पुरुष पनि संक्रमित भएका छन् । साथै, वडा नं ८ को ३८ बर्षको पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

एक जना संक्रमितले धरान १८ ठेगाना लेखाएपनि उनी सो वार्ड को नभएको वडाअध्यक्ष प्रविण राईले बताए । उनको पनि रिपोर्ट पोजेटिभ आएको छ । ती व्यक्तिले ठेगाना धरान १८ लेखाएर पिसिआर दिएका थिए । ती व्यक्ति वीपी प्रतिष्ठानभित्रै रहेको हुनसक्ने वडाअध्यक्ष राईको भनाई छ । स्वास्थ्य महाशाखा प्रमुख मेहताले पनि स्वाब संकलन गरिएको धरानको लिष्टमा ती व्यक्तिको नाम नभएकोले वीपी भित्रैबाट स्वाब दिन आएको हुन सक्ने अनुमान गरेका छन् ।

 

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button