समाचारस्वास्थ्यहेडलार्इन

कोरोना बिरुद्धको भ्याक्सिन बन्यो, बिश्वभर प्रयोगमा ल्याउने तयारी

रुसले बनाएको कोरोनाको भ्याक्सिन विश्वभर पु¥याउने प्रयास भईरहेको छ । कोराना भाइरस महामारीबाट बच्नका लागि विश्व भ्याक्सिनको प्रतिक्षामा रहेको बेला स्सले भ्याक्सिन बनाएको दाबी गरेको हो । विश्वका धेरै मुलुक यसको प्रयासमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेका छन् ।

रुसको स्वास्थ मन्त्रालयमा यो भ्याक्सिन दर्ता भइसकेको छ । पुटिनले बताएअनुसार उनकी छोरीले यो भ्याक्सिनको डोज लिइसकेकी छिन्। । रुसको दाबीपछि अहिले पुरै विश्वमा यसको चर्चा सुरु भएको छ । के विश्व स्वास्थ संगठनले यसलाई अनुुमति देला ? यदि दियो भने कसरी यस भ्याक्सिनको प्रयोग अघि बढ्छ ? के भारतसहितका दक्षिण एशियाली देशमा यो भ्याक्सिन प्रयोगमा आउनेछ ? यस्ता महत्वपूर्ण सवालहरु रहेका छन् ।

१० रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्टमा टिभीमार्फत कोरोना भ्याक्सिन बनाइएको जानकारी विश्वलाई दिए । पुटिनकाअनुसार रुसले विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको हो। करिब दुुई महिनाको ह्युमन ट्रायलपछि यो भ्याक्सिनलाई रुसमा अनुमति दिइएको उनले दाबी गरे । यस भ्याक्सिनको नाम ‘स्पुटनिक पाँचौ’ हो । यो नामको विशेष अर्थ छ । स्पुटनिक विश्वको पहिलो स्याटेलाईट हो, जसलाई सोभियत युनियनले १९५७ मा लन्च गरेको थियो । यही स्याटेलाईटसँग जोडेर संसारको पहिलो कोरोना भ्याक्सिनको नामाकरण गरिएको छ ।

३० पुुटिनका अनुसार भ्याक्सिनको पहिलो प्रयोगका लागि उनले आफ्ना २ छोरीमध्ये एकलाई रोजे । भ्याक्सिन लिएपछि पुटिनकी छोरीलाई हल्का ज्वरो आयो । कोरोना संक्रमित पाइएपछि उनलाई यो भ्याक्सिन दिइएको थियो । यसपछि उनको स्वास्थ तिव्र रुपले सुुधार भयो, एकै दिनमा ज्वरो पनि आफैं कम भयो ।

                                                                                                                                   एजेन्सी,

https://www.youtube.com/watch?v=xFPHZ8B8OsY&t=69s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button