समाचारसमाज

पहिरोमा परी ३८ जना वेपत्ता ३७ घर पुरिए

सिन्धसुपाल्चोक,

लगातार पानी परेर पहिरो खस्दा सिन्धुपाल्चोकमा ३८ जना वेपत्ता भएका छन् भने ३७ घर पुरिएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ लिदिमा पहिरोमा परी पुरिनेको संख्या ३८ जना पुगेको छ । यस्तै पहिरोले ३७ घर पुरेका छ । पहिरोले पुरिएको ३८ जना मानिस बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिएकी ह्न । पहिरोले के कति क्षति गर्यो भन्ने बारे प्रहरीले औपचारिक जानकारी दिन बाँकी रहेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरोको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा लिदि पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थल पुगेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिए । कात्तिके र जलबिरेबाट हिँडेको नेपाल प्रहरीको उद्धार टोली घटनास्थल पुगीसकेका छन् । यस्तै पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् ।

https://www.youtube.com/watch?v=KkWSJjam9dQ&t=875s

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button