
धरान,
सुनसरीको धरानमा धारिलो खुकुरी देखाई ५२ वर्षीय महिलालाई बलात्कार गर्न खोज्ने धरानकै एक ३३ वर्षीय युवा पक्राउ परेका छन् । शुक्रबार ११ ः ३० बजे धरान वार्ड नं. १७ स्थित उदय सामुदायिक वनमा निगुँरो टिप्न गएकी महिलालाई ती युवाले यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो । धरान वार्ड नं. १७ बस्ने ३३ वर्षीय तेज कुमार धामीले ५२ वर्षीय महिलालाई धारिलो हतियार खुकुरी देखाई जबरजस्ती करणी गर्न खोजेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पीडित महिलाले कानमा लगाएको सुनको कुन्डल र नाकमा लगाएको सुनको फुली लुछी चोरी गरी भागी फरार भएको भनी पीडितले दिएको सूचनाको आधारमा आरोपी तेज कुमार लाई तत्कालै पक्राउ गरिएको ईलाका प्र्हरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । निजको घरबाटै नियन्त्रणमा लिई पीडित र निज धामीको शारीरिक परीक्षणको कार्य सम्पन्न गरी जबरजस्ती करणी उद्योग तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।
https://www.youtube.com/watch?v=-zt7_lMiKJg