समाज

कुटपिटबाट सिराहामा एक महिलाको मृत्यु

सिराहा,

कुटपिटबाट सिराहामा १ जना महिलाको मृत्यु भएको छ । सिराहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट महिलाको मृत्यु भएको हो । अर्नामा गाउँपालिका– ५ बेलदरी टोलकी ५४ वर्षीया सीतादेवी राउतको कुटपिटपछि टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गाउँमै आरसिसी सडक ढलानका समानहरु र नगद बाँडफाँडको विषयमा विवाद हुँदा सीतादेवीमाथि कुटपिट भएको स्थानीयले बताएका छन् । कुटपिटबाट स्थानीय विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमर राउत समेत घाइते भएका छन् । घाईतेको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न स्थानीय बालदेव साह, कमलेश राउत, लीलादेवी राउत र सुलेखादेवी राउतलाई पक्राउ गरेको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिराहामा राखिएको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=KkWSJjam9dQ&t=739s

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button