समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा एक सय ८ जना कोरोना संक्रमित पुष्टि,कुन जिल्ला कति (तथ्याङ्क सहित)

विराटनगर,

प्रदेश १ मा १ सय ८ जना कोरोना संक्रमित पुष्टि भएको छ । भदौं १० गते बुधबार (आज) प्रदेश १ मा १ सय ८ जना कोरोना संक्रमित पुष्टि भएको हो । बुधबार थपिएका संक्रमित सहित प्रदेश १ मा जम्मा २ हजार ९ सय ४० जना संक्रमित भएका छन् सो मध्ये १३ सय ८५ जना डिस्चार्ज भई घर फर्केका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा मोरङका ४८ जना छन् यस्तै सुनसरीका २४ जना, झापामा १६ जना, ते¥हथुममा ८ जना, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ जना रहेका छन् । प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र आज ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष रहेका छन् । मोरङको बुढीगंगामा ३ महिला र १ पुरुष, सुन्दरहरैचामा १ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै इटहरीमा ५ महिला र ९ पुरुषमा संक्रमण देखिएको छ भने इनरुवामा १ महिला र ३ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुषमा संक्रमण देखिएको छ । धरानमा १ महिला, झापाको दमकमा ६ महिला र ९ पुरुष, गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ । यस्तै ते¥हथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला, ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा भदौं १० गते बुधबार (आज) १ हजार ३ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ७२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।

https://www.youtube.com/watch?v=pCK7LpKaA4c

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button