Uncategorizedसमाचारस्वास्थ्यहेडलार्इन

धनकुटामा १९ जनामा कोरोना संक्रमण पुष्टि,

धनकुटा

धनकुटामा १्९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ जना नेपाल प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।

धनकुटाबाट ९५ जनाको पिसीआर परिक्षणको लागि पठाएको मध्ये ४५ जनाको रिपोर्ट आएको छ । जस मध्ये १३ जना प्रहरी र अन्य ६ जनाको पोजेटिभ रिपोट आएको स्वास्थ्य प्रमुख गुरागाँईको भनाई छ । संक्रमण पुष्टि भएका सबै प्रहरी पुरुष जवान रहेका छन् । उनीहरु एकमहिनाको अवधीमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरु सबै हालसम्म क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक गोविन्द अधिकारीले बताए ।

कोरोना पोजेटिभ देखिएका मध्ये अन्य ६ जनामा ४ जना नेपाल टेलिकम धनकुटाका कर्मचारीहरु रहेका छन् भने एक जना बैकका कर्मचारी र एक जना सर्वसाधारण व्यापारी रहेका छन् । उनीहरु दुबै जना धनकुटा बजारवासी हुन् । धनकुटामा कोरोना भाइरसको संक्रमण देखिएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ३९ जना पुगेको छ । धनकुटामा अहिले सम्म १७ कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् ।

https://www.youtube.com/watch?v=6rBpqawzefw&t=1596s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button