समाचारस्थानीयस्वास्थ्य

धरानमा कोरोनाका कारण ४५ मिनेटको फरकमा आमा छोराको मृत्यु

धरान,

सुनसरीको धरानमा कोरोनाका कारण ४५ मिनेटको फरकमा आमा छोराको मृत्यु भएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा धरान १७ का कोरोना संक्रमित आमाछोराको मृत्यु भएको हो । रेल्वे चोकका संक्रमित आमाछोराको ४५ मिनेटको अन्तरमा भदौं १४ गते आईतबार (आज) बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७४ वर्षीया आमा र ६० वर्षीय छोरा भएको धरानका वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बताएका छन् ।

शनिबार साझ ८ बजे १ हप्ता देखी ज्वरो, अत्यधिक खोकी र श्वास फेर्न भएको भन्दै गम्भिर अवस्थामा आमालाई प्रतिष्ठानमा भर्ना गरिएको र त्यसको करिब २५ मिनेको अन्तरालमा त्यस्तै समस्या रहेका छोरा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार आमा छोरा दुबैलाई आज कोरोना संक्रमण पुष्टि भएको थियो । आज बिहान साढे ८ बजे मृत्यु ७ः४५ बजे छोरोको मृत्यु भएको र ८ः३० बजे आमाको मृत्यु भएको सापकोटाले बताएका छन् ।
७४ वर्षीया आमालाई मधुमेह उच्च रक्त चापको दिर्ग रोगी थियो भने ६० वर्षीय छोरालाई मधुमेहको समस्याको साथै विगत २ महिना देखि कलेजोमा पनि समस्या देखिएको डा. सापकोटाको भनाई छ ।

https://www.youtube.com/watch?v=6rBpqawzefw&t=57s

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button