
सोलुखुम्बु,
सोलुखुम्बु दुधकुण्ड ८ स्थित चागेस्थान मन्दिरबाट मुर्ती चोरी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ । उनलाई ओखलढुङ्गाको सिद्धिचरण ११ स्थित एक होटलबाट हराएको मुर्तिसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भदौं २२ गते सोमबार (हिजो) दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मगरमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।
https://www.youtube.com/watch?v=scM0aUc_iNU