
धरान,
अनलाइन कक्षा सञ्चालनको विषयमा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा केही दिनदेखी भएको विवाद तत्काल अन्त्य गरी अनलाइन कक्षा सञ्चालन गर्न जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी यूनियनले माग गरेको छ । मंगलबार समाजवादी विद्यार्थी यूनियन क्याम्पस इकाइ समितिले विवाद समाधान गरी अनलाइन कक्षा सञ्चालनको लागि चार बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको हो ।
समाजवादी विद्यार्थी यूनियनले क्याम्पस प्रशासनमा लागेको ताला सम्बन्धीत पक्षसंग छलफल गरी खुलाएर अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने, जनजिवन सहज नभएसम्म अनलाइन कक्षाको शुल्क लिन नहुने, वार्षिक कार्यक्रम अन्तर्गतका सबै संकायका अनलाइन कक्षाहरु प्रभावकारी ?पमा सञ्चालन गर्नुपर्ने, क्याम्पसमा विद्यार्थीको हक अधिकारको नाममा सस्तो प्रचारबाजी बन्द गरिनुपर्नेलगायतको माग राखेको छ ।
समाजवादीले क्याम्पस प्रशासनमा लागेको ताला सम्बन्धीत पक्षसंग छलफल गरी तत्कालन खुलाउन क्याम्पस प्रशासनसंग जोडदार माग गरेको छ । कोरोनाको विषम परिस्थीतीमा अनलाइन कक्षा सञ्चालनको नाममा प्रेस विज्ञप्ती जारी गर्ने होडबाजी भएको भन्दै विद्यार्थीको हक हितको नाममा यस्तो सस्तो प्रचारवाजी तत्काल बन्द गरी जिम्मेवार बन्न विद्यार्थी संगठनलाई आग्रह समेत गरेको छ । समाजवादी क्याम्पस इकाइ समितिका अध्यक्ष उदिप लिम्बु लावतीले अनलाइन कक्षा सञ्चालनको नाममा अनेरास्ववियु र नेबिसंघले अनावश्यक राजनीतिकरण गरेको र सस्तो लोकप्रियता कमाउनेतर्फ उद्यत भएको आरोप लगाए ।
उनले क्याम्पस प्रशासनले सम्बन्धीत पक्षसंग छलफल गरी तत्काल खुलाएर विद्यार्थीको पढ्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने बताए । ‘विश्व नै कोरोना महामारीबाट अस्तव्यस्त भइरहेको समयमा क्याम्पसमा अनलाइन कक्षाको नाममा अनावश्यक राजनीतिक प्राचारवाजी र तालाबन्दी भइरहनु दुःखद कुरा हो’ उनले भने ‘सम्बनधीत पक्षसंग छलफल गरी तत्काल खुलाएर सामान्य जनजिवन नफर्केसम्म अनलाइन कक्षाको नाममा कुनै पनि शुल्क नलिइ तत्काल बिबिए र बिबिएम जस्तै सबै फ्याकल्टीका कक्षाहरु यथासिघ्र शुरु गर्न क्याम्पस प्रशासनसंग हामी माग गर्दछौं ।’
विद्यार्थीहरुको हक हितका लागि लड्ने नाममा प्रेस विज्ञप्ती जारी गर्ने प्रतिस्पर्धा गर्नु र क्याम्पस प्रशासनमा तालाबन्दीमा उत्रनुलाई समाजवादी विद्यार्थी यूनियनले ‘केटाकेटी व्यावहार’को संज्ञा दिएको छ । ‘क्याम्पस प्रशासनले विद्यार्थी संगठनह?संग सहकार्य गरेर अनलाइन कक्षा सञ्चालन गर्ने विषयमा अनेरास्ववियु र नेबी संघले विद्यार्थीहरुको हक हितका लागि लड्ने नाममा प्रेस विज्ञप्ती जारी गर्न प्रतिस्पर्धा गर्ने र क्याम्पस प्रशासनमा तालाबन्दी गर्ने जस्तो केटाकेटी व्यावहार प्रदर्शन गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
आफुहरुको मागलाई बेवास्ता गरिए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ । क्याम्पसले ५० प्रतिशत शुल्क लिने गरी आगामी भदौं २८ गतेदेखी अनलाइन कक्षा सञ्चालन गर्ने सुचना जारी गरेपछि सु? भएको विवाद झनै चुलिदै गएको छ । विद्यार्थी संगठनह?ले कोरोनाको विषम परिस्थीतीमा विना शुल्क अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने माग गदै ज्ञापन पत्र बुझाउनेदेखी तालाबन्दीसम्म गरेका छन् । केही दिन अघि नेकपा निकट अनेरास्ववियुले क्याम्पस प्रशासनले तत्कालन निर्णय सच्याउन माग गदै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाए । कांग्रेस निकट नेबि संघले ज्ञापनपत्र सहित क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी नै गरिदियो । त्यसपछि विवाद झनै चुलिदै गएको छ ।
https://www.youtube.com/watch?v=DAoca4LVOeM&t=123s