
विराटनगर,
प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरगका ८६ जना छन् भने सुनसरीमा २१ जना थपिएका हुन् । यस्तै, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरंगको बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरी शनिश्चरेमा १ महिला, सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, सुनसरीको धरानमा ४ महिला र ९ पुरुष, दुहवीमा १ महिला र ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको सामजिक मन्त्रालयले जनाएको छ ।
https://www.youtube.com/watch?v=rbb7KJP1zfo&t=1652s