समाजस्वास्थ्यहेडलार्इन

प्रदेश नं. १मा आज फेरि ६३७ जना कोरोना सङ्क्रमित थपिए, अहिले सम्म डिस्चार्ज हुनेको


विराटनगर

प्रदेश १ मा आज फmेरि ६ सय ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा २ सय १४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ७४ महिला र १ सय ४० पुरुष छन् । मोरङको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९–९, मोरङको रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा १ सय ३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहबीमा ३–३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ३४, विर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सूर्योदय ३, इलाम नगरपालिका र मांसेबुङमा २–२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १–१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ८ पुगेको छ ।

प्रदेश नं. १ मा आज ४ सय १८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३ सय ९७, कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार ६ सय २५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ९७ महिला र ४ सय ४० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५१ हजार ६ सय ५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Back to top button