समाचारस्थानीयहेडलार्इन

खानेपानी व्यवस्थापन संघर्ष समितीद्धारा धरान उप–महानगरपालिका घेराऊ (भिडियो सहित )

धरान,

खानेपानी व्यवस्थापन संघर्ष समितिद्धारा धरान उप महानगरपालिका घेराऊ गरिएको छ । खानेपानी संस्थानलाई बोर्डमा गाभ्न नहुने भन्दै संघर्ष समितिले मंगलबार उप महानगरपालिका घेराऊ गरेको हो । धरान उप–महानगरपालिकाले भोली देखी संस्थानलाई बोर्डमा गाभ्ने भनेर निर्णय गरेकाले सोे निर्णयलाई कार्यान्वयन नगर्न समितीले अनुरोध गर्दै उप–महानगरपालिका घेराउ गरेका हुन् । धरानमा देखिएका खानेपानीको समस्या खानेपानी संस्थानलाई बोर्डमा ल्याउदैमा समाधान नहुने भन्दै पहिला एडिबी परियोजनाको हिसाबकिताब पारदर्शी बनाएर मात्र संस्थालाई बोर्डमा ल्याउनु पर्ने संघर्ष समितिले माग राखी बिरोध गदै आएका छन् ।


धरानमा देखिएका खानेपानीको समस्या समाधान गर्छु भनेर उपनिवार्चनबाट हालका धरानका मेयर तिलक राई गएको मंसिरमा मेयर पदमा आएका थिए । ‘हामी संगै खानेपानीको आन्दोलनमा होमिन्दै आएका अहिलेका मेयर राईले कुर्शीमा पुगेपछि धराने जनतालाई धोका दियो,खानेपानीको समाधान सुल्झाउन सकेन,ऊ आफै विभिन्न काण्डमा मुछिन्दै गयो, चुनावको बेला मलाई जिताएर मेयर बनाउनहोस म धरानको खानेपानी लगायत विकासको काम गर्छु भनेका थिए’ विगत सम्झदै संघर्ष समितिका एक सदस्याले गुनासो पोखे । संघर्ष समितिले नगर प्रमुखलाई ७ बँुदे ज्ञापनपत्र समेत बुझाएको छ । समितीका संयोजक हर्क साम्पाङले सो ज्ञापनपत्र नगरप्रमुखका स्वकिय सचिव राजेशमान श्रेष्ठलाई प्रदान गरेको हो । ज्ञापनपत्र बुझ्दै नगरप्रमुखका स्वकिय सचिव श्रेष्ठले कार्यालय बिदा भएकाले नगर प्रमुखको हात ज्ञापनपत्र लगाईदिने श्रेष्ठले बचन दिए ।


२०३६ सालदेखि धराने जनतालाई खुवाउँदै आएको खानेपानी संस्थान धरान शाखालाई बोर्डमा लैजाने निरंकुश निर्णय प्रति आफुहरुको घोर आपत्ति रहेको संघर्ष समिति बताउँछन् । जनाएको छ । २०७२ साल जेष्ठ महिनादेखि आईयुडिपी आयोजनाले धारा र खानेपानी वितरण गर्न १० हजारदेखि पन्ध्र हजार सम्म लिएपनि अझसम्म धारा जडान नभएकाले त्यस्ता पीडितहरु सबैलाई अविलम्ब धारा र खानेपानी वितरण गरिनुपर्ने, धारा वितरण गर्न सम्भव नभए पैसा लिएको मितिले ब्याज सहित फिर्ता गरिनुपर्ने, धराने जनतासँंग गरिएको ११ बँुदे सम्झौताको बँुदा नं ९ अनुसार आईयुडिपी आयोजनाले भूमिगत स्रोतबाट प्रतिदिन १ करोड ५२ लाख २० हजार लिटर गुणस्तरिय खानेपानी उत्पादन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


त्यस्तै आईयुडिपी आयोजनाले उत्पादन गरेको वास्तस्विक पानीको मात्रा प्रमाणित गरिनुपर्ने, ११ बुदे सम्झौताको बुँदा नं ५ अनुसार निर्धारण आयोगले तोके अनुसार सरकारीदरमा धारा जडान शुल्क र मासिक महशुल लगाउनु पर्ने समेत संघर्ष समितिको माग रहेको छ । समितिले भोली कात्तिक २६ गते बुधबार बिहान १० बजे खानेपानी संस्थान धरान शाखामा समेत धर्ना दिने बताईएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button