रोजगारसमाचारहेडलार्इन

ट्रक दुर्घटना हुँदा धरानका दुई जना गम्भीर घाइते

धनकुटा,


ट्रक दुर्घटना हुँदा धरानका २ जना गम्भीर घाईते भएका छन् । धनकुटा ९ मुलघाट नजिकै कोशी लोकमार्गमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाइते भएको हो । मंगलबार हिजो) दिउँसो ३ बजे भएको दुर्घटनामा चालक धरान ६ का ४० बर्षीय मरिचमान श्रेष्ठ गम्भीर घाइते भएका हुन् । धरानबाट तेह्रथुम जादै गरेको ना ६ ख ५६९१ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार घाइते श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । यस्तै, सहचालक धरान ६ का २६ बर्षीय नविन राईको पनि टाउकोमा गम्भीर चोट लागेको छ । दुवैलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको प्रहरीले जनाएकोछ । धनकुटा मुलघाट प्रहरी चौकी देखि करिब ५ सय मिटर उत्तरमा घटना भएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button