राजनीतिसमाचारहेडलार्इन

सुनसरीमा नेपाली कांग्रसको विरोध सभामा भाषण बढी , सुन्ने कार्यकर्ता बसेन

ईटहरी,

सुनसरीमा नेपाली कांग्रेसको विरोध सभामा भाषण सुनेर कार्यकर्ता बस्न मानेन् । सुनसरीको इनरुवामा कांग्रेसको विरोध सभा २ घण्टा दिलो भएपछि कार्यकर्ता भाषण नसुनी दायाँ बाया लागेका थिए । ११ बजेलाई निर्धारण गरिएको कार्यक्रम प्रमुख अतिथि पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की आउन ढिला भएपछि भातृसंस्थाका पदाधिकारी, पाटीका नेता तथा जनप्रतिनिधिको भाषणले दिक्का मानेर कार्यकर्ता बाटो लागेका थिए ।

कार्यक्रम विरोध सभा भनिए पनि भाषण सभा जस्तो देखिएको थियो । २० जना भन्दा बढीले एउटै मञ्चबाट एकै शैलीको भाषण गरिरहे । हालको सरकारलाई गोमन र काँग्रेसलाई गनग्वाली सर्प देखी सरकारलाई पुतली र काँग्रेस बत्ती भएको बुझाउने काम भाषणमै भनीरहे ।

१० जना सम्मको भाषणमा ताली बजाइरहेका कार्यकर्ता एकाएक गर्दै बाहिरिन थाले । चिसो मौसम देखी भाषण बढी भएको भन्दै उनीहरू बाटो लागी रहेका थिए । त्यसै मध्येका एक हुन शिवनारायण मेहता । २०६२÷६३ को आन्दोलनमा छोरो गुमाएको बताउने उनले भाषण सुन्दा सुन्दा दिक्क लागेर हिँडेको बताए । केही सीमित नेताहरूले भाषण गर्दा जोस जाँगर हुने तर धेरै हुँदा वाक्क भएर घरतिर हिँडेको उनको भनाइ थियो ।

भोक्राह नरसिंह गाउँपालिकाका रमेश कुमार मेहता पनि कार्यक्रम समापन नभई घर फर्कदै थिए । समयमै रात पर्ने र भाषण बढी भएको तर्क गर्दै उनी बाटो लागेको सुनाए । हरीनगर गाँउपालीका बाट आएकी सुमित्रा मेहता पनि समयमै बाटो लागिन् । जिल्ला समन्वय समितिकी सदस्य समेत रहेकी उनले प्रमुख अतिथिले बोल्ने बेला रात पर्ने भएकोले बाटो लागेको बताइन् ।

मखनी देवी सरदार पनि हरीनगर गाउँपालिका बाट कार्यक्रममा आएकी थिइन् । कार्यक्रम लम्बिने देखेपछि उनी बाटो लागिन् । घरमा छोराछोरी रुने भएकोले बेलैमा घर फर्कनु पर्ने उनको भनाई थियो । पछि प्रमुख अतिथि कार्की बोल्ने बेला थोरै कार्यकर्ताहरू मात्र देखिन्थे । आधा कुर्सीका बीच कार्कीको बोल्ने पालो आएको थियो । त्यस बेला झमक्क रात पर्न लागिसकेको थियो ।

राजनैतिक दलका नेताहरूको भाषण मोहले कार्यकर्ता तथा दर्शक दिक्क भइसकेका देखिन्थे । भाषणमा नयाँपन नहुँदा र धेरै भाषण बाजीले कार्यक्रममा रौनक घटाउने गरेको छ । एउटै बिषयमा लामो समय बोल्ने देखी जनताको चासो बाहिरको कुरा बढी गर्नुले भाषणको आकर्षण कम हुने गर्दछ । नेताको, गुटको र समावेशिताको व्यवस्थापन गर्दा भाषण र आसन ग्रहणले गर्दा कार्यक्रम लम्बिने गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button