राजनीतिसमाचारहेडलार्इन

प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायरको तयारी


काठमाण्डौं

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा पेश गरेको संसद विघटनको सिफारिस बिरुद्ध केही कानुनविद्हरुले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका छन् । एक जना वरिष्ठ अधिवक्ताका अनुसार उनीहरुले अहिले रिट निवेदन लेखिरहेका छन् ।

भन्छन्, ‘तर, अहिले नै हाम्रो नाम चाहिँ नलेखिहालल्नु होला है ।’ उनका अनुसार रिट निवेदन दर्ता भएपछि सर्वोच्च अदालतले छिनोफानो नगरुन्जेल राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसलाई सदर गर्न मिल्दैन । त्यसैले उनीहरु जतिसक्दो चाँडो रिट निवेदन दर्ता गर्ने तयारीमा छन् । त्यसो त राष्ट्रपतिले सिफारिशलाई सदर नै गरिहाले भने पनि त्यसका विरुद्ध न्यायालयमा कानूनतः चुनौती दिन सकिन्छ ।

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिकोमा पुगिसकेका छन् । त्यसैले सर्वोच्चमा रिट दायर हुनु अघि नै राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिसलाई लाल मोहर लगाइसक्ने संभावना छ । किनभने हिजो साँझ मात्र प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट् गरिसकेका छन् । त्यो भेटमा आफूले चाल्ने कदम र राष्ट्रपतिले गर्ने सहयोगबारे पक्कै उनीहरुबीच सहमति भइसकेको छ ।

नेकपा नेता भीम रावल र फम्फा भुसालले राष्ट्रपति कार्यालयमा संसद अधिवेशन बोलाउन बुझाएको ८३ जना सांसदको निवेदनलाई रोकेर आज प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु पक्कै नै सामान्य संकेत नभएको कानुनविद्हरुको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button