
धरान
संसद विघटन गर्ने निर्णयविरुद्ध धरानमा नेकपाकै नेता, कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । नेकपाका प्रदेश, जिल्ला र धरानका नेता, कार्यकर्ताहरुले संसद विघटनको सिफारिश खारेजको माग गर्दै धरानमा प्रर्दशन गरेका हुन् । धरानको छाताचोकस्थित पाटी कार्यालयबाट निस्केको जुलुश भानुचोकसम्म पुगेको थियो । नाराबाजी गर्दै भानुचोक पुगेको जुलुशले टायर बालेर प्रर्दशन गरेका थिए । उनीहरुले संसद विघटनको सिफरिस फिर्ताको माग गरेका थिए ।
आज मन्त्रीपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्दै संसद विघटन गरेकी छिन् भने बैशाख १७ र २७ गते दुई चरणभमा निर्वाचन गर्ने मिति तय गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ती मार्फत जानकारी दिइसकेको छ ।