राजनीतिसमाचारहेडलार्इन

कांग्रेस संसद विघटन विरुद्धको आन्दोलनमा केन्द्रित हुने, पौष १९ गतेसम्मलाई बैंठक स्थागीत


काठमाण्डौं,

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरिएको छ । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यको धारणा राख्ने क्रमलाई रोकेर काँग्रेसले १९ गतेसम्मका लागि बैठक स्थगित गरेको हो । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा.मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थिए । यसअघिको बैठकमा ११ जना नेताले आ आफ्नो धारणा राखेका थिए ।

काँग्रेसमा संसद विघटनविरुद्धको रणनीति बनाउँदा अदालतको फैसला कुर्ने वा पहिले शसक्त रुपमा आन्दोलनमै जुट्ने भन्नेमा मत विभाजित छ । सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्नुपर्ने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्दोलनलाई जोड दिरहेको छ ।

आजको बैठकले पुस १३ गते सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय गरेको छ । यस्तै पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय कार्यसमितिको बैठक पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

काँग्रेसले संसद विघटनबारे सर्वोच्चको फैसलापछि मात्र केन्द्रीय समितिबाट अन्तिम निर्णय लिने संकेत देखिएको छ । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग १९ गतेसम्म लिखित जवाफ पेस गर्र्न निर्देशन दिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button