आत्मा शान्तिको लागि सेउतीपुलमा महापुराण हुने

धरान,
आत्मा शान्तिका लागि सेउतीकोपुलमा महापुराण गरिने भएको छ । धरान ८ तीनकुने सेउती पुलमा पुस १५ गते देखी पुस २३ गते सम्म नौ दिवसीय श्रीमदभागवत महापुराण हुने भएको हो । शिबबाबा भक्त समाज नेपालले आइतबार पत्रकार सम्मेलन गरी श्रीमदभागवत महापुराण हुने आयोजकले जानकारी दिएको छ ।
सडकमा दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिहरूको आत्म भड्किएकाले धेरै दुर्घटना हुने अनुमान गरी पितृहरूको दोष निवारण गर्ने ,ज्ञात अज्ञात पितृहरूको उदार तथा कामनार्थ गरी पितृ मोक्ष गर्ने,कोरोना भाइरस ९कोभिड १९० को त्रासको निवारण गर्ने,राजनैतिक अशान्ति भएकोले शान्ति गराउने तथा विश्व शान्ति गराउने उद्देश्यले महायज्ञ गरिने संस्थाका अध्यक्ष भैरव प्रसाद नेपालले जानकारी दिए ।
दैनिक धरानको सेउती पुलमा त्यहाँका जङ्गलमा अत्यधिक दुर्घटना हुने भएकोले धेरैको आत्मा भड्किएकाले छ, दुर्घटना नघटोस् भनेर सेउती पुल परिसरमा महापुराण गरिने संस्थाकी संरक्षककर्ता माता सम्झना तिम्सिनाले जानकारी दिइन् । धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रशासन कार्यालय धरान सँग अनुमति लिएको र सुरक्षा व्यवस्थाका लागि पहल गरेको उनले बताइन । श्रीमदभागवत महापुराणको कलश यात्रा यही पौष १५ गते बिहान ११ बजे विश्वकर्मा मन्दिरबाट निकालिने छ ।