राजनीतिसमाचारहेडलार्इन

प्रदेश १ का मुख्यमन्त्री राई लाई हटाएर दाहाल (नेपाल समुहका भीम आचार्य चयन

विराटनगर,


नेकपाको प्रचण्ड(माधव समुहले संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । उक्त समुहले हिजो बिहान ९ बजे संसदीय दलको बैठक बसेर दलको नेताबाट राईलाई हटाएको हो । राईलाई हटाएपछि भीमप्रसाद आचार्यलाई नेता बनाउने निर्णय गरेको प्रदेशसभा सचिवालयमा जनकारी गराएको छ ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आज बिहान साढे १० बजे दलका उपनेता टंक आङबुहाङको हस्ताक्षर भएको पत्र सचिवालयमा आएको थियो । ‘पुष १५ गते बिहान ९ बजे संसदीय दलको बैठक बसेर बहुमत सदस्यले शेरधन राईलाई नेताबाट हटाउने र भीमप्रसाद आचार्यलाई बनाउने निर्णय गरेको व्यवहोर पत्रमा छ,’ सचिव पराजुलीले भने ।

मन्त्रीपरिषदको सिफारिशको आधारमा प्रदेशसभाको बैठक प्रदेश प्रमुखले माघ ७ गते आह्वान गरिसकेका छन् । उक्त बैठकअघि नै नेकपा संसदीय दलको नेता को हुन् भन्ने छिनोफानो हुनुपर्ने हुन्छ । नेकपामा विभाजन आएसँगै प्रदेश नं १ मा पनि प्रधानमन्त्री ओली समुहका मुख्यमन्त्री राईविरुद्ध दाहाल(नेपाल समुहका ३७ जना सांसदहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये सांसद कला घले ओली समुहमा लागेकी छिन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button