
धरान,
राष्ट्रिय जनमुक्ति पाटीको भातृ संगठन युवा महासंघमा सुमन राई चयन भएका छन् । यही पौष १९ गते आईतबार युवा महासंघ सुनसरी जिल्ला भेलाले राईलाई अध्यक्षमा चयन गरेको हो । ।समितिको उपाध्यक्षमा बाबुराजा सिंह थारु ‘हिरा’, सचिबमा सिताराम राई, उपसचिवमा दिपेश राई, कोषाध्यक्षमा प्रशान्त बुढाथोकी साथै सदस्यहरुमा प्रकाश प्रधान, अनिश मगर, ईश्वर राई, अर्पण गजमेर, बिबेक लिम्बू ‘चुस्का’, बिनोद चुहान र मनकुमार बोगटी महासंघको कार्यसमितिमा चयन भएका छन् ।
राष्ट्रिय जनमुक्ति पाटीका संघीय परिषद सचिब बिष्णु थाम्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरुमा राजमुपा संघीय परिषद सदस्य गोकर्ण राई, जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य एवम १ न प्रदेश इन्चार्ज चित्र मगर ‘हाङ्ग’, जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य फिबराज बनेम लिम्बू, राजमुपा धरान नगर सल्लाहकार डा. किशोर गुरुङ, जनमुक्ति युवा महासंघ धरान नगर अध्यक्ष मनि राई ‘इना’ को उपस्थित रहेको थियो ।
नव गठित कार्यसमितिलाई जनमुक्ति युवा महासंघका १ न प्रदेश इन्चार्ज एवम केन्द्रीय सदस्य चित्र मगर ‘हाङ’ ले सपथ ग्रहण गराएका थिए । नब गठिथ कार्यसमितिका अध्यक्ष सुमन राईद्वारा प्रतिबद्धता व्यक्त गरिएको थियो । मनोहर शाक्यले कार्यक्रम संचालान गरेका थिए । महासंघका केन्द्रीय सदस्य अनिरुद्र थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।